पत्रकार महासंघ बेलायतद्वारा सल्लाहकार र सभासदहरुको चयन

SHARE:

एटा संवाददाता
अल्डरसट । नेपाल पत्रकार महासंघ बेलायत शाखाले ११ जना सल्लाहकार र १० जना सभासद चयन गरेको छ ।

अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा गत आइतबार १० फेब्रुअरीका दिन बसेको शाखाको बैठकले सो निर्णय गरेको हो । बैठकले संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्वअध्यक्ष चिरन शर्मा, भगिरथ योगी, सोनाम छिरिङ शेर्पा, हरिकुमार (काजी) गुरुङ, फडिन्द्रद्र भट्टराई, संगिता मरहट्ठा, कुशल श्रेष्ठ, विपिन निरौला, विकलचन्द्रद्रआचार्य र दुत पुनलाई शाखाको सल्लाहकारमा चयन गरेको छ ।

त्यस्तै, एभरेष्ट गौतम, बाचस्पति रेग्मी, नृपेश उप्रेती, प्रजय शुक्ला, प्रमिला लावुङ्ग राई, जानुका राई, भावना सुनुवार, मिलन तमु, सविन्द्रकुमार (एसके) गुरुङ र मिलन शर्मालाई सभासदमा चयन गरिएको छ । बैठकले शाखाको सदस्यता शुद्धिकरण समितिका संयोजक भगिरथ योगीबाट समितिले गरिरहेको कार्यबारे लिखित जानकारी उपलब्ध गराइएकोमा आउने बैठक अगावै समितिको प्रतिवेदन पेस गर्न आग्रह गर्ने निर्णय गरेको छ । त्यस्तै आउने फागुन ९ र १० गते पोखरामा हुन लागेको नेपाल पत्रकार महासंघ केन्द्रको विधान सम्मेलनमा विधानको अध्ययन गरी शाखाबाट आवश्यक सुझाव पठाउन अध्यक्ष नरेश खपाङ्गीलाई बैठकले जिम्मेवारी प्रदान गरेको छ ।

शाखा र एनआरएनए यूकेले स्थापना गरेको एनआरएन अन्तर्राष्ट्रिय पुरस्कार कोषको व्यवस्थापनबारे छलफल भएको बैठकले आगामी तीन महिनाभित्र मिडल्याण्ड र केन्टका नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम गर्ने पुगेर निर्णय गरेको छ ।

बैठकले शाखाको स्थापना दिवसका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न महासचिव सञ्जयभक्त कँडेलको संयोजनमा संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्वअध्यक्ष चिरन शर्मा, उपाध्यक्ष विमला सेने र सदस्य विश्वासदीप तिगेला सदस्य रहेको समिति गठन गरेको छ ।

बैठकमा वरिष्ठ उपाध्यक्षद्वय ध्रुवराज अर्याल र श्याम लुइँटेल, उपाध्यक्ष विमला सेने, सचिवद्वय शिव भण्डारी र पूर्ण गुरुङ, सहकोषाध्यक्ष रोशन राई, सदस्यहरु खेमराज रानाभाट, नगेन्द्रराज नेम्वाङ, जीवन सेन र अनिल मल्लको उपस्थिति रहेको थियो । आईएफजे प्रेस कार्डलगायत विभिन्न विषयमा छलफल गरिएको बैठक शाखा अध्यक्ष नरेश खपाङ्गीको अध्यक्षता र महासचिव सञ्जयभक्त कँडेलले सञ्चालन गरेका थिए ।

साथै शाखाका सदस्य ज्ञाम गुरुङ र प्रकाश केसीको ममतामयी आमाको निधन भएकोमा उनीहरुप्रति बैठकले हार्दिक श्रद्धाञ्जली प्रकट गरेको थियो । त्यस्तै शाखाका कार्यसमिति सदस्य नगेन्द्रराज नेम्वाङ्ग एभरेस्ट टाइम्सको प्रबन्ध निर्देशक र शाखा सदस्य मिलन तमु ‘तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित भएकोमा उनीहरुलाई हार्दिक बधाई ज्ञापन गरिएको थियो । निःशुल्क बैठक हल, चियापन र खाना उपलब्ध गराएका भेटघाट रेष्टुरेण्टका संचालक एवं एनआरएनए युकेका उपाध्यक्ष शेर सुनारप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!