एभर ग्रीन ग्रुप बेजिङ्गस्टोकको भ्यालेन्टाईन च्यारिटी डिनर

SHARE:

एटा संवाददाता
अल्डरसट । एभर ग्रीन (ईजीजी) बेजिङ्गस्टोकले २०१२ बाट नियमित रुपमा आयोजना गर्दै आएको भ्यालेन्टाईन च्यारिटी डिनर २०१९ गत शनिबार अल्डरसटस्थित प्यालेसमा भव्यताका साथ सम्पन्न भएको छ ।

साँझको करिब ६ बजेबाट अतिथिहरुको आगमन सुरु भएको सो कार्यक्रमको औपचारिक शुभारम्भ मेजर खुशीमान गुरुङले स्वागत अभिवादन टक्राउँदै गरेका थिए । बेलायत बसे पनि नेपालीहरुले नेपाली समय र नेपाली कार्यक्रम संचालनको काइदालाई भने निरन्तरता दिइनैरहेको पाइन्छ । अर्थात् निर्धारित समयमा कार्यक्रम बिरलै सुरु हुने अनि सुरु भएपश्चात् उहीँ भाषण, आसन र खादा ग्रहणमा अत्यधिक समय खर्चेर दर्शकदीर्घालाई अत्यास लाग्नपार्ने प्रवृत्ति कायमै राख्दै आएका छन् । तर, एभर ग्रीन ग्रुपको कार्यक्रम संचालनको शैली सो भन्दा पृथक् रहँदै आएको छ । अर्थात् भाषण र आसन ग्रहण नगरी समग्रमा सम्पूर्ण अतिथिलाई स्वागत, अभिवादन टत्र्mयाएर कार्यक्रम औपचारिक शुभारम्भ गर्ने गरिएको छ ।

मेजर खुशीमान गुरुङले स्वागत अभिवादनको क्रममा एभर ग्रीन ग्रुपको परिचय र कसरी सो ग्रुपले भ्यालेन्टाईन च्यारिटी डिनरको शुभारम्भ गरेर सोलाई निरन्तरता दिइरहेका छन् अनि हालसम्म क–कसलाई सहयोग प्रदान गरियो भन्नेबारे प्रकाश पारेका थिए । हालसम्म सो ग्रुपले दिलशोभा श्रेष्ठको आमाघर, लवप्रसाद बालगृह, बुङमती अपांग सेवा संघ, रक्षा नेपाल, नेपाल तेक्वान्दो एकेडेमी, बौद्ध अर्घौ सदन, तमु प्रतिष्ठान नेपाल, सहारा एकेडेमी पोखरा, एकल महिला संघ पोखरा, माया मगराती, धर्मकाया बुद्धमन्डला, रबि लामिछाने, तेक्वान्दो खेलाडी विवेक श्रेष्ठ, राधा पौडेल फाउन्डेशन र चार भन्ज्याङ्ग समाज रहेको कुरा मेजर गुरुङले प्रस्ट पारे । सोही क्रममा उनले यो पटकको सहयोग रकम ३ वटा संस्थाहरु शिव कल्चरल मन्दिर अल्डरसट, श्रीनेहा पोखरेलद्वारा संचालित नेपाल स्नेही काख सातदोबाटो, काठमाडौं र पोखराको कुडंहर आधारभूत बिद्यालयको दृष्टिबिहीन शाखालाई प्रदान गरिने बताए । सो संस्थाहरुबारे पावर प्वोईन्टमा प्रेजेन्टेसन गरिएको थियो ।

शिव कल्चरल मन्दिरबारे बाचस्पति रेग्मीले प्रकाश पारेका थिए भने नेपाल स्नेही काख र कुडंहर आधारभूत विद्यालयको दृष्टिविहीन शाखाबारे सुधा गुरुङले प्रकाश पारेकी थिइन् ।

श्रीनेहा पोखरेलले आफू केवल १५/१६ वर्षकी हदा २०१० मा नेपाल स्नेही काखको स्थापना गरेकी थिइन् । जहाँ उनले मानसिक सन्तुलन गुमाएका महिलाहरुलाई सडकबाट उद्धार गर्ने गर्दछिन् । साथै तिनीहरुबाट जन्मेका, विक्षिप्त अवस्थामै बलात्कृत भई तिनीहरुबाट जन्मेका बेवारिसे बच्चाहरुलाई आश्रय दिएकी छन् । जहाँ २९ जना १५ देखि ६० वर्षसम्मका महिलाहरु र ७ जना बालबालिकाहरु छन् । त्यस्तै कुडहरको स्कुलमा अध्ययनरत १० जना होनहार दृष्टीविहीन बालबालिकाहरुको निम्ति स्टडी रुम निर्माणका लागि सहयोग रकम प्रदान गरिन लागेको कुरा गुरुङले बताएकी थिइन् । ती दुबै स्थानमा सुधा गुरुङ आफै नेपाल गएका बेला स्थलगत भ्रमण गरी विस्तृत जानकारी लिएकी थिइन् ।

टिपनटापनका साथ पावर प्वोइन्टमा प्रेजेन्टेसन हेर्दै भावबिभोर भएका अतिथिहरुले ती संस्थाहरुप्रति थप सहयोग प्रदान गरेका थिए । जसमा अग्रपंक्तीमा थिए तमुधिंका वरिष्ठ उपाध्यक्ष हरि गुरुङ र सन्ध्या गुरुङ । यी दम्पतीले नेपाल स्नेही काखलाई रु एक लाख सहयोग प्रदान गरे । त्यस्तै हर्कर जगना गुरुङले दुइ सय पाउन्ड स्नेही काख र दृष्टिविहीन शाखालाई, उत्तर गुरुङले दृष्टिविहीन शाखालाई एक सय पाउन्ड, चार भन्ज्याङ्ग समाजले एक सय पाउन्ड, क्याम्बर्ली अफिसर्स टिमले एक सय पाउन्ड, आरएनएस स्यान्डर्स अफिसर्स टिमले एक सय पच्चीस पाउन्ड, बीसीसी यूकेले एक सय पाउन्ड, लेफ्टेनेन्ट नारायण गुरुङले तीस पाउन्ड, दुर्गीर मोहन गुरुङले तीस पाउन्ड (दृष्टिबिहीन शाखा), नरजङ्ग गुरुङ, रेडिङ्ग 25 पाउन्ड, सोमर बबिता पच्चीस पाउन्ड, प्यालेस रेस्टुरेन्ट 50 पाउन्ड र शान्ति थापा कुँवरले एक सय पाउन्ड सहयोग प्रदान गरे । सो का अलावा आफू कारणवश उपस्थित हुन नसके पनि सहयोग रकम प्रदान गर्ने सहृदयी दाताहरुको जमात पनि ठूलै छ । साथै १० जोडाको समिश्रण एभर ग्रीन ग्रुपले सदाझै पाँच सय पाउन्ड प्रदान गरे ।

च्यारिटी भनेपछि निःस्वार्थ सेवाभावले गरिनु पर्ने र फ्रीमा कसैले पनि खान नहुने मान्यता आफ्नो ग्रुपमा रहेको जानकारी दिँदै सुधा गुरुङले उनीहरुले बेजिङ्गस्टोक समाजमा पनि सो परम्परा कायम राखेको कुरा प्रस्ट पारिन् । ईजीजीका १० जोडामा मेजर खुशीमान र ईन्द्र गुरुङ, ज्ञान र मिठु गुरुङ, क्याप्टेन ईन्द्र र सुशिला गुरुङ, बल र सुनिता थापा, लालप्रसाद र सुधा गुरुङ, क्याप्टेन अशोक र रमन सेन, कमल र पूनम गुरुङ, बिजयर चन्द्र गुरुङ, मैतसिङ्ग र ज्योति गुरुङ र अर्जुन र सुनिता लम्साल रहेका छन् ।

प्रेजेस्टेशनपश्चात् सदाझंै यूकेका कुमार सानू, सपन ईन्टरटेन्मेन्टका सपन राईको लाईभ गीत, संगीतले सबैलाई मन्त्रमुग्ध बनाउन सफल भयो । साथमा नेपालबाट आएका २ महिला कलाकार रुबी गौली र आचल लामाले थप मनोरन्जन दिलाए । त्यस्तै स्थानीय प्रतिभाहरु ईजीजी सदस्य एवम् तमुधिंका पूर्वअध्यक्ष कमल गुरुङ, जीवन गुरुङ र रामभगत गुरुङले पनि गीत प्रस्तुत गरेका थिए ।

स्वादिष्ट भोजनपश्चा्त भ्यालेन्टाइन वीकमा जन्मदिन परेको केही पाहुनाहरु, सुनिल राना, सहाराका अध्यक्ष मीन गुरुङ र पूर्वएनआरएनए अध्यक्ष योगेन क्षेत्रीकी धर्मपत्नी रीता क्षेत्री र १४ फरवरीका दिन वेडिङ्ग एनिभर्सरी पर्ने एनआरएनए आईसीसी सदस्य शान्ति कुँवर र उदय कुँवरलाई स्टेजमा निम्त्याएर सरप्राईज केक काटेर बधाई ज्ञापन गरी रमाईलो गरे । सो केक बिएनसी गोर्खा ग्रोसरीका प्रोपराईटर एवम् ईजीजी सदस्य बल थापाले स्पोन्सर गरेका थिए । त्यसपश्चात् आ–आफ्ना भ्यालेन्टाइनलाई मेजर खुशीमान गुरुङको निर्देशनअनुसार यूगल जोडीहरुले गुलाफको पूmल प्रदान गर्दै माया साटासाट पनि गर्नुका साथै युगल जोडीले रमाइलो गेममा पनि सहभागी भई भरपुर मनोरन्जन लिए । कार्यक्रमको मध्यमा राफल ड्र पनि गरिएको थियो ।

कार्यक्रम सक्नुअघि नेपालबाट आएका गायिकाद्वयलाई ईजीजीका तर्फबाट मायाको चिनो प्रदान गरी सामूहिक कक्टेल डान्सपश्चात् करिब १२ बजे कार्यक्रम समाप्त भएको थियो ।

अन्तमा समस्त सहभागी अतिथीहरु, आफू आउन नसके पनि डोनेशन दिएर सहयोग पुराउने दाताहरु, फ्लोरमै थप डोनेसन प्रदान गर्नेहरु, एभरेस्ट टाइम्सका फोटो पत्रकार मिलन तमु, शीतल पाटी डट कमका पत्रकार बाचस्पती रेग्मीलगायत प्यालेस टीम र निरन्तर साथ दिँदै आएका सपन राई र मंजु राईप्रति एभर ग्रीन ग्रुपका तर्फबाट मेजर खुशीमान गुरुङले हार्दिक धन्यबाद ज्ञापन गरेर कार्यक्रम समापन भएको घोषणा गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!