काठमाडौं । मगर आदिकवि जीतबहादुर सिञ्जाली मगरको ४९ औं दिनको पुण्यतिथिमा नेपाल मगर संघ, केन्द्रीय समिति र जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले संयुक्त रुपमा श्रद्धाञ्जली सभा नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा सम्पन्न गरेको छ ।
आदिकवि व्यक्तित्व सम्बन्धमा सञ्जोग लाफा मगरले स्वागत मन्तव्य सहित मगर साहित्यमा गरेको योगदानवारे विचार राखेका थिए । प्रतिष्ठानका पूर्व अध्यक्ष कुन्ता थापा मगरले प्रतिष्ठान स्थापना उदेश्य र आदिकवि जीवित वा मृत्त पत्ता लगाउने खोजी कार्य गरेको सम्बन्धी बोलेका थिए । जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठान कोष सहयोगार्थ मगर जातिको महान पर्व माघे सकराती–२०७५ को अवसरमा सिर्जना कलेज अफ फाइन आर्ट, कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुद्धारा फेश पेन्टीङबाट संकलित रकम रु. १४,५५५/– (चौधहजार पाँचसय पचपन्न रुपैयाँ) प्रतिष्ठानलाई आर्थिक सहयोग गर्नुको कारणवारे संयोजक सुश्री जयसरा मिरिचिङ मगरले मन्तव्य सहित कोषाध्यक्ष पुरन थापा मगरलाई प्रदान गरेका थिए । आदिकविको दुःखद निधनले मगर भाषा साहित्यका धरोहर गुमाएको पीडा, त्यागी व्यक्तित्व भएको मन्तव्य सहित सिर्जना कलेज अफ फाइन आर्टका सुश्री जयसरा मिरिचिङ मगर, सुश्री खुश्बु न्हेम्हाफुकी, सुश्री रश्मी श्रेष्ठ, सुश्री नीशिता श्रेष्ठ, सुश्री खुशी राई, सुश्री छीरिङ ग्यायो गुरुङलाई श्रद्धाञ्जली सभाका सभापति तथा नेपाल मगर संघका उपाध्यक्ष गंगा खासु मगरले प्रशंसापत्र प्रदान गरेका थिए ।
२०७५ पौष ८ गते आइतवार विहान १०ः०० बजे घोराही दाङबाट बुटवल जानेक्रममा शिवराज नगरपालिका–१, बनकसबासा चनौटा हाइवेरोडमा सडक पार गर्दा लु १ ख ५४९५ नम्बरकोे टिप्परको ठक्करले सडक दुर्घटनामा परी आदिकविको निधन भएको थियो । श्रद्धाञ्जली सभा नेपाल मगर संघ, केन्द्रीय समितिका उपाध्यक्ष गंगा खासु मगरको सभापतित्व, अतिथी कुन्ता थापा मगर, कर्णेल श्याम थापा मगर, हुम थापा मगर, कृष्ण थापा मगर, कमल थापा मगर, भीम थापा मगर कार्यक्रम संचालन रक्ष रैका मगरले गरेका थिए । जीबसीम नवप्रतिभा पुरस्कार कोष संरक्षक दुतबहादुर गर्बुजा मगर, कोष संरक्षक क्या. वीरबहादुर थापा मगर, थर्क राना मगर र जयबहादुर हितान मगर स्मृति पुरस्कार कोष संरक्षक विजय हितान मगरले कार्यक्रमको लागि आर्थिक सहयोग गरेको थियो ।






