अर्थमन्त्री खतिवडा लन्डन आउँदै

SHARE:

एटा संवाददाता
अल्डरसट ।  नेपालका अर्थमन्त्री डा. युवराज खतिवडा २० फेब्रुअरीका दिन (बुधबार) लन्डन आउने भएका छन् । उनी नेपाली दूतावास लन्डनले २२ फेब्रुअरीका दिन दूतावासमा आयोजना गर्ने ‘नेपाल विकास सम्मलेन’ मा प्रमुख वक्ताको रुपमा सहभागी हुनेछन् ।

अर्थमन्त्री खतिवडाले दुई दिनको लन्डन बसाईमा डिफिड इन्टरनेसनल सेक्रेटरीलगायत केही सरकारी अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले जानकारी गराएका छन् । त्यस्तै, उनीसँग एनआरएनए युकेले समेत अन्तरक्रिया गर्ने भएको छ ।

उनी २३ फेबु्रअरीका दिन स्वदेश फर्कने कार्यक्रम छ । बेलायतवासी नेपाली व्यवसायीहरुले मन्त्री खतिवडाको बेलायत भ्रमणलाई विशेष महत्वका साथ हेरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!