पर्ख र हेर

SHARE:

नेपालको इतिहासमा दोस्रोपटक दुई तिहाईको सरकार बनेको एक वर्ष बितेको छ । यो शक्तिशाली सरकारसित जनताको अपेक्षाको ओइरो थियो । जनअपेक्षा अनुसार सरकारले पूर्णतः काम गर्न सक्यो या सकेन ? भन्ने प्रश्न अहिले सबैतिर चर्चाको विषय बनेको छ । सरकारले आफ्नो एक वर्षे कार्यकालमा जनभावनाअनुसारको काममा के कति प्रगति गर्न सक्यो भन्ने कुरा पनि अहिले चर्चाको विषय बनेको छ ।

शक्तिशाली सरकार बनेपछि जनताका तमाम समस्या समाधान हुने आश गरिएको थियो । जनताले जनभावनाअनुसारको काम भने पाउन सकेको छैन । एक वर्षको अवधिमा सरकारले गरेका काम कारवाहीहरु हेर्ने हो भने जनताले प्रत्यक्ष अनुभूत गर्न सक्ने किसिमका काम कारवाही कमै भएका छन् । जनताले चाहेको जस्तो काम हुन नसक्दा पक्कै पनि राजनीतिक दलहरु जति शक्तिशाली भएपनि जनताको काम नगर्ने रहेछन् कि भन्ने भावना उत्पन्न हुनु अस्वभाविक पनि होइन ।

हुन त यो कम्युनिष्ट सरकारको एक वर्ष मात्र बितेको छ । एक वर्षमा सबै अधिकार र सेवा सुविधा प्राप्त हुने आश गर्नु पनि बढी हतारो नै हुन्छ । सरकारले पनि यो अवधिलाई आधारविन्दूको रुपमा लिएको छ । यो एक वर्षमा मुलुकको हरेक किसिमको समृद्धिका लागि आधार तयार भएको भन्दै सरकारले आफ्नो बचाउ गरेको छ । यो सकारात्मक पक्ष हो । तर, जनताले अनुभूत गर्ने किसिमको सरकारको काम कारवाही भयो भने मात्र दुई तिहाई सरकारको महत्व र अर्थ रहन्छ । होइन भने सरकार आज पनि आश्वासनको भाषण दिने, जनता त्यही भाषण सुनेर आनन्द मान्नुपर्ने परिस्थिति हो भने पक्कै राम्रो होइन ।

आन्दोलनको क्रममा जस्तै आज पनि सरकार जनतालाई आश्वस्त पार्ने गरी भाषण दिइरहनु अन्त्युक्ति हुँदैन । अब त हिजो गरेका बाचाहरुलाई पूरा गर्न काम गरेर देखाउने मौका हो यो । त्यसैले जनताको जनजीविकाको सवालमा सरकार गम्भीर हुन जरुरी छ । सरकारका काम कारवाही र गतिविधिले जनताले विश्वास गर्ने हुन् । जनताको भावनाको कदर गर्न सकेन भने सरकार कमजोर बन्दै जानेछ । जनताको नजरमा सरकार गिर्नेछ ।

आशा र अपेक्षा धेरै भयो । यी आशामुखी बनाउने अहिलेकै सत्तारुढ दल नै हुन् । उनीहरुले सत्ताका लागि गरेका संघर्षका बेला जनताकै समस्या उचालेर बनाएका थिए । जनताको अपेक्षामा तुषारापात गर्ने अधिकार यो सरकारलाई कदापि छैन ।
हुन त एक वर्षको अवधिमा धेरै आशा गर्नु बेकार नै हो । यो आशलाई मर्न नदिनु चाहिँ पक्कै खबरदारी जनताको तहबाट हुनैपर्छ । जनताले गरेका समृद्ध नेपाल, सुशी नेपालीको नारा सार्थक पार्ने हो भने हरेक काममा जनतालाई साथ साथ अघि बढ्न सक्नुपर्छ । होइन भने जनताको भावनाअनुसारको काम गर्नका लागि कसैले रोक्न सक्दैन । आज एउटा शक्ति सत्तामा छ, जनताले भोलि अर्को शक्तिलाई मौका दिनेछन् । जनता जनार्दन हुन् । सधै पर्ख र हेरको स्थितिमा होइन, अनुभूत हुने किसिमको समृद्धिको नारालाई सार्थक बनाउनेतर्फ सरकारको कदम अग्रसर हुन जरुरी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!