एटा संवाददाता
अल्डरसट क्ष् नेपालीहरुको घनाबस्ती भएको अल्डरसट बजारमा हालै खरिद गरिएको शिव कल्चरल मन्दिरलाई एभर ग्रीन ग्रुप (ईजीजी) बेजिङ्गस्टोकले रु १ लाख सहयोग प्रदान गरेको छ । ईजीजी सदस्यहरु मेजर खुशीमान गुरुङ, ईन्द्र (उर्मिला) गुरुङ, ज्ञान गुरुङ, मिठु गुरुङ, सुधा गुरुङ, सुशीला गुरुङ, पुनम गुरुङ र बल थापाले शिव मन्दिरका अध्यक्ष दम्पती रोहित गुरुङ र सुष्मा गुरुङलाई रकम हस्तान्तरण गरेका हुन् ।
ग्रुपले हालै अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा आयोजना गरेको भ्यालेन्टाइन च्यारिटी डिनर २०१९ बाट सो रकम संकलन गरेका हुन् । बेजिङ्गस्टोक निवासी १० जोडाहरुको समूह ईजीजीले सन् २०१२ बाट नियमित भ्यालेन्टाइन च्यारिटी डिनरको आयोजना गर्दै नेपालका विभिन्न संघ संस्थालाई सहयोग प्रदान गर्दै आएका छन् । हालसम्म सो ग्रुपले दिलशोभा श्रेष्ठको आमाघर, मेनुका थापाको रक्षा नेपाल, लबप्रसाद बालगृह मुलपानी, बुंगमती अपांग सेवा संघ, नेप्लीज ताय क्वोन दो एकेडेमी, बौद्ध अर्घौ सदन पोखरा, तमु प्रतिष्ठान, सहारा एकेडेमी पोखरा, एकल महिला संघ पोखरा, भूकम्पपीडित माया मगराती, धर्मकाया बुद्ध मन्डला पोखरा, मुसहर बस्ती निर्माणार्थ, रवि लामिछाने, राधा पौडेल फाउन्डेशन, ताय क्वोन दो खेलाडी विवेक श्रेष्ठ र चार भन्ज्याङ्ग समाजलाई गरी रु २५ लाखभन्दा बढी रकम सहयोग प्रदान गरिसकेको छ ।
यसपटक सहयोग पुर्याउन सो ग्रुपले चुनेको अन्य संस्थाहरुमा कुडहर आधारभूत विद्यालय, पोखराको दृष्टिविहीन शाखा र जावलाखेलस्थित श्रीनेहा पोखरेलद्वारा सञ्चालित नेपाल स्नेही काख रहेको छ ।
ईजीजीका दस जोडामा मेजर खुशीमान र ईन्द्र (उर्मिला) गुरुङ, ज्ञान रमिठु गुरुङ, बल र सुनिता गुरुङ, क्याप्टेन इन्द्रद्रर सुशीला गुरुङ, क्याप्टेन अशोकर रमन सेन, बिजय र चन्द्रद्रगुरुङ, मैतसिङ्गर ज्योति गुरुङ, कमल र पूनम गुरुङ, अर्जुन र सुनिता लम्साल र लालप्रसाद गुरुङ बिईएम र सुधा गुरुङ रहेका छन् ।






