तमु समाज ब्रान्च युके परिवारको दोस्रो साधारणसभा सम्पन्न

SHARE:

मिलन तमु
अल्डरसट । पुर्ख्यौली गाउँ चित्रेली तमु समाज ब्रान्च युके परिवारको दोस्रो साधारणसभा सम्पन्न भएको छ । पर्वत चित्रे गाउँलेहरुको बाक्लो उपस्थितिमा गत ९ फेब्रुअरीका दिन अल्डरसटस्थित मालुङ्गो रेस्टुरेन्टमा सम्पन्न भएको हो ।
कार्यक्रममा पुर्ख्यौली गाउँ चित्रेली तमु समाज ब्रान्च युके परिवारका संरक्षक तथा सल्लाहकार बिष्णु गुरुङले नयाँ सदस्यहरुलाई खादा लगाई स्वागत तथा सम्मान गरिएको थियो ।

सो साधारणसभामा परिवारका अध्यक्ष हितमान गुरुङले हाल बेलायतमा रहेका समाज तथा विभिन्न संघसंस्थाहरुको तुलनामा सो समाजको जनसंख्या तथा आकारमा सानो भएतापनि समाजको आफ्नै गरिमा रहेको र भावानात्मक एकता हुनु नै समाजको बिशेषता भएको प्रष्ट पारे । साथै, उनले हाल समाजले जन्मभूमि गाउँमा रहेका सम्पूर्ण चित्रेली गुरुङ र हाल बेलायतको विभिन्न ठाउँमा बसोबास गर्दै आएका चित्रेली गाउँवासीहरुलाई एकता गरिरहेको बताए । त्यस्तै, उनले नेपालको गाउँ चित्रे तथा बेलायतवासी सम्पूर्ण चित्रेली महानुभावहरुबीच एकवद्ध गर्न एउटा पुलको काम गर्ने उद्देश्यले पनि समाजको स्थापना गरिएको स्पष्ट पारे ।

कार्यक्रममा चित्रे गाउँको विद्यालयमा लामो समयदेखि पढाउँदै आएका शिक्षक जुमबहादुर गुरुङको हालै निधन भएकोमा उनको मृतआत्माको चीर शान्तिको कामना गर्दै २ मिनेट मौनधारणसहित श्रद्धाञ्जली व्यक्त गरिएको थियो । साथै, बैठकले आउँदो २२ जुन २०१९ का दिन अल्डरसटस्थित दि लाउन्जमा भेटघाट कार्यक्रमको आयोजना गरिने निर्णय समेत गरेको छ । समाजले सो कार्यक्रममा उपस्थितिका लागि सबै चित्रेली गाउँले, ईष्टमित्र, चेलीबेटी तथा सम्पूर्ण भाञ्जाभाञ्जीहरुलाई चुलो निम्तो गरेका छन् ।

ब्रान्च युके परिवारका अध्यक्ष हितमान गुरुङको अध्यक्षतामा सम्पन्न साधारणसभामा उपाध्यक्ष पशुपति गुरुङले हेल्थ एण्ड सेप्mटीको बारेमा जानकारी दिएका थिए भने सहसचिव पर्वत गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!