मगर संघ युकेले विविध कार्यक्रमका साथ मगर दिवस मनाउँदै

SHARE:

एटा संवाददाता
अल्डरसट । नेपाली समुदाय बेलायतमा क्रियाशील नेपाली संघसंस्थाहरुमध्येका एक सक्रिय जातीय संस्था मगर संघ युकेले विविध कार्यक्रमका साथ मगर दिवस मनाउने भएको छ । आउँदो शनिबार २३ फेब्रुअरीका दिन अल्डरसटस्थित एम्पायर हलमा ३७औं मगर दिवस मनाउन लागेको हो ।

मगर संघ युकको उपाध्यक्ष एवं कार्यक्रम संयोजक अनिता रानाका अनुसार उक्त दिन मगर संघ युकेका विभिन्न शाखाको विशेष उपस्थिति रहनेछ । उनीहरुले मगरहरुको भाषा, कला र संस्कृतिमा आधारित झाँकी तथा नृत्य प्रस्तुत गर्ने छन् । कार्यक्रममा विशेष गरी मगरहरुको संस्कार र संस्कृतिका बारेमा जानकारी समेत गराइने छ । त्यस्तै, मगर युवाहरुले गड ट्यालेन्टको समेत छनौट गर्ने छन् भने मगर संस्कृतिमा लोकप्रिय कौडा, सोरठी र सालैजो लगायतको गीत तथा नृत्य समेत प्रस्तुत गरिने छ ।

नेपालका खानेपानीमन्त्री बिना मगर, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोका र महासचिव ज्ञानेन्द्र पुनलाई नेपालबाट आमन्त्रण गरिएको संयोजक रानाले बताइन् । तर, विशिष्ट पाहुनाहरुको उपस्थितिको भने आजै निश्चित हुने बताउँछिन् ।
बेलायतवासी नेपाली संघसंस्थाका अध्यक्ष लगायत प्रतिनिधिहरुको समेत बिशेष उपस्थिति रहने सो कार्यक्रममा मगर लगायत बेलायतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सहभागी भइदिनहुनका लागि संयोजक रानाले अनुरोध गरेकी छन् ।

मगरहरुको कला र संस्कृति संरक्षण तथा सम्वद्र्धनमा बिशेष भूमिका खेल्दै आएको मगर दिवस गत केही बर्षदेखि रेडिङमा आयोजना गरिदै आएको छ । यसबर्ष पनि रेडिङमै आयोजना गर्ने गरी टिकट समेत छपाई बिक्री वितरण गरिरहेको अवस्थामा बिशेष कारणवश स्थान परिवर्तन हुन गएकोले टिकटमा कार्यक्रम स्थल रेडिङ्ग उल्लेख भएता पनि सोही समय र मितिमा अल्डरसटस्थित एम्पायर हलमा उपस्थित भैदिनहुनका लागि संयोजक रानाले अनुरोध गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!