दि भ्वाइस अफ नेपालको बेलायतबाट विश्व सांगीतिक यात्राको सुरुआत

SHARE:

एटा संवाददाता
अल्डरसट । अन्तर्राष्ट्रिय मेगा रियालिटी शो दि भ्वाइसको नेपाली संस्करण द भ्वाइस अफ नेपालका विजेताहरुले बेलायतबाट विश्व सांगीतिक यात्राको शुरुवात गरेका छन् ।

उनीहरुले गत १६ फेब्रुअरी शनिबार साँझ केन्टको फोक्स्टनमा, १७ फेब्रुअरी आइतबार साँझ फार्नबोरोमा र सोमबार १८ फेब्रुअरी साँझ बर्मिङहममा आफ्नो जोडदार सांगीतिक प्रस्तुति दिएका छन् ।

क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्ट लिमिटेडको आयोजनामा बेलायतका विभिन्न सहरहरुमा सांगीतिक प्रस्तुति दिने क्रममा एनआरएनए युकेले आपतकालीन कोषका लागि वर्मिङहममा कार्यक्रमको आयोजना गरेको हो । आयोजक क्याडेन्जाका अनुसार सो समूहले आउँदो २३ फेब्रुअरी साँझ फेल्थाममा, २४ फेब्रुअरी साँझ प्लमस्टिडमा, ३ मार्चमा रेडिङमा र ९ मार्चमा स्वीन्डन सहरमा सांगीतिक प्रस्तुति दिने भएका छन् ।

सांगीतिक यात्राको क्रममा भ्वाइस अफ नेपालका विजेता सिडे विजय अधिकारी, फाइनलका प्रतियोगीहरु सिर्जे थपलिया, कुशल आचार्य र सप्तक दूतराजको साथमा विवेक वाइवा लामा, सुरेखा क्षेत्री र श्रेया राई लण्डन आएका छन् । प्रोडक्सन टिम २ जना सदस्य र उद्घोषक सुशील नेपालसहित गत बुधबार र बिहीबार गरी सो समूह बेलायत आएका हुन् । बेलायतका बाँकी ४ वटा सहरहरुमा ‘द भ्वाइस अफ नेपाल यूके कन्सर्ट’ मा लाईभ व्याण्डका साथ आ–आफ्नो जोडदार सांगीतिक प्रस्तुति दिनेछन् ।

करिब एक दर्जन सांगीतिक क्षेत्रमा आवद्ध नेपाली युवाहरु आवद्ध रहेको क्याडेन्जा युकेले पहिलो पटक बेलायतमा सांगीतक कार्यक्रमको आयोजना
गरेको हो ।

नेपालको अत्यन्त लोकप्रिय रियालिटी शोका सहभागी कलाकारहरुको बिशेष प्रस्तुति हुने भएकोले बेलायतवासी नेपालीहरुलाई आफ्नो पायक पर्ने स्थान गई कार्यक्रम हेर्न आयोजक क्याडेन्जा युकेले अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!