शेर्पा ल्होसारमा राजदूतले भने, ‘अर्को वर्ष शेर्पा पोसाकमा आउँछु’

SHARE:

लन्डन । शेर्पा जातिले मनाउने ग्याल्पो ल्होसार बेलायतमा पनि मनाइएको छ । शेर्पा संघ बेलायतले फेल्थम कम्युनिटी सेन्टरमा शनिबार आयोजना गरेको २१४६ औँ ग्याल्पो ल्होसार कार्यक्रम बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीले उद्घाटन गरे । संघका अध्यक्ष साना शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राजदूत सुवेदीले ग्याल्पो ल्होसार शेर्पा जातिको मात्र नभएर नेपालीहरुकै चाड भएको बताए । उनले अर्को वर्ष शेर्पा जातिहरुमात्र नभएर सबै नेपाली मिलेर ग्याल्पो ल्होसार मनाउन पनि सुझाव दिए । उनले भने,–‘अर्को वर्ष म पनि शेर्पा भेषभूषामै आउनेछु ।’

उनले नेपाली भाषा र दौरा सुरुवालमात्र नेपाली भाषा, पोसाक नभएको प्रस्ट पार्दै नेपालभित्र बोलिने सबै जातजातिका भाषा र पोसाक नेपाली भएको बताए । नेपाललाई विश्वमा चिनाउने तीन चीजहरु सगरमाथा, गोरखा र शेर्पा रहेको बताए । कार्यक्रममा संघका अध्यक्ष साना शेर्पाले शेर्पाहरु बेलायतमा अहिले संगठित हुँदै करिब ५०० को हाराहारीमा आवद्ध भएको बताए ।

कार्यक्रममा संघका आजीवन सदस्यहरु, यसैवर्ष उच्च शिक्षा हासिल गर्नेहरु, ल्होसार कार्यक्रममा सहयोग गर्नेहरुलाई प्रमुख अतिथि डा. सुवेदीले प्रमाणपत्र प्रदान गरेका थिए । यस्तै, शेर्पाहरुको परम्परागत गीत र नृत्य प्रस्तुत गरिनुका साथै शेर्पा परिकारहरु पनि सो अवसरमा वितरण गरिएको थियो । कार्यक्रमलाई पीपल मोर्गेजले ५०० पाउन्ड सहयोग गरेको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ यूकेका अध्यक्ष जंग सुनुवार, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङ्गीमगर, तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ, मगर संघ यूकेका अध्यक्ष नेम थापा, बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेका अध्यक्ष नरेश गुरुङ, सुनुवार सेवा समाजका अध्यक्ष यादवकुमार तुर्सुचा, याख्खा समाजकी विष्णु देवान, किरात राई यायोक्खाका मिलनचन्द्र राई, बीसीसी यूकेका पूर्वअध्यक्ष काजी शेर्पा लगायतको उपस्थिति थियो ।
औपचारिक कार्यक्रम महासचिव रिञ्जी शेर्पाले सञ्चालन गरेका थिए भने युवाहरुले सांस्कृतिक कार्यक्रम चलाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!