लिम्बुवान नागरिक समाज युकेले जागरण अभियान चलाउने

SHARE:

आसफोर्ड (बेलायत) । लिम्बुवान नागरिक समाज यूकेले आफ्नो स्थापनाको एक दशक पुगेको अवसरमा जनजागरण अभियान थाल्ने निर्णय गरेको छ । सन् २०१९ लाई दशक वर्ष घोषणा गर्दै वर्षभरि विविध क्रियाकलापहरू आयोजना गर्ने निर्णय गरेको हो ।

शनिबार आसफोर्डमा बसेको केन्द्रीय बैठकले नेपालमा चलिरहेको लिम्बुवान आन्दोलनलाई रचनात्मक सहयोग गर्न पनि दशक वर्षलाई ग्राह्यता दिइएको चौथो महाधिवेशनमार्पmत निर्वाचित अध्यक्ष छत्र वनेमले जानकारी दिए । ‘स्थापनको दस वर्ष पुगेको अवसरमा लिम्बुवान जागरण अभियान थाल्नेछौँ,’ उनले भने, ‘नागरिकस्तरमा लिम्बुवानको आन्दोलनलाई बुझाउन कार्यक्रमहरू आयोजना गर्नेछौँ ।’ कार्यक्रमको रूपरेखा तयार पार्ने जिम्मा सचिवालयलाई तोकेको छ । यसका साथै समाजले प्रदेश एकको नामाकरणमा लिम्बुवानको पहिचान नछुटाउनसमेत माग गर्दै चाँडै नेपाली दूतावासमार्फत् प्रदेश सभामा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । नेपालको सुदूरपूर्वी क्षेत्रमा चलिरहेको पहिचानको आन्दोलनलाई सहयोग गर्ने उद्देश्यले लिम्बुवान नागरिक समाज सन् २००९ मा बेलायतमा समाजको स्थापना भएका हो ।

बैठकले लिम्बुवान क्षेत्रका सामाजिक सांस्कृतिक विषयकेन्द्रित भएर बौद्धिक अभियान थाल्न ‘लिम्बुवान नागरिक बहस श्रङ्खला’ पनि आयोजना गर्ने निर्णय गरेको छ । बहस नियमित रूपमा बेलायत र नेपालमा आयोजना गर्ने अध्यक्ष वनेमले जनाए ।

यसैगरी, समाजले लिम्बुवान आन्दोलनमा सांस्कृतिक चेत निर्माण गर्न एक साहित्यिक कृतिको प्रकाशन गर्ने पनि निर्णय गरेको महासचिव लाहाङ चेम्जोङले बताए ।

पाँच दर्जन बढी स्रष्टाहरूमार्पmत् लिम्बुवान आन्दोलनलाई सामाजिकीकरण गर्न कृति ल्याउन लागेको उनले सुनाए । २०७६ सालभित्र प्रकाशन गर्ने गरी बैठकले मिडिया संयोजक अमित थेवेलाई सम्पादन गर्ने जिम्मेवारी दिएको छ ।
त्यस्तै, बैठकले गत नोभेम्बरमा निधन भएका समाजका संस्थापक अध्यक्ष प्रसाद थेवेको स्मृतिमा मौनधारण गर्दै शोक प्रस्ताव पारित गरेको छ । केन्द्रीय बैठकले दर्जन बढी सल्लाहकारहरूसमेत मनोनयन गरेको छ ।

सल्लाहकारहरूमा निवर्तमान अध्यक्ष नरेन्द्र मावोहाङ, पूर्वअध्यक्ष दिल सम्बाहाम्फे, सिरी साम्यू, निर्मल पतङ्वा, राजेन्द्र खिम्दिङ, याक्थुङ चुम्लुङ अध्यक्ष तिलविक्रम सम्बाहाम्फे, तेह्रथुम समाज अध्यक्ष डम्मर सिङ्गक, धनकुटा समाज अध्यक्ष पूर्ण फालेच्छुवा, पाँचथर समाज अध्यक्ष चन्द्र सुन्दास, ताप्लेजुङ अध्यक्ष बुद्धिमान दर्नाल, धन लिम्बु, दिल पालुङ्वालगायत छन् ।

समाजले बैठकमा एक दर्जन बढी निर्णयहरू गरेको भन्दै सदस्यता वितरण अभियानलाई तीव्रता दिने महासचिव चेम्जोङले बताए । संस्थाले एकीकृत लिम्बुवान आन्दोलनका लागि समाजले समन्वयकारी भूमिका खेल्ने उनले स्पष्ट पारे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!