बाह्रौं यलम्बरहाङ कप अप्रिलमा

SHARE:

एटा संवाददाता
फेल्थाम । किरात याक्थुङ चुम्लुङ यूके (कियाचु) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको यलम्बरहाङ कपको १२ औं श्रृंखला आगामी २० अप्रिलमा आयोजना गरिने भएको छ । गत १७ फेब्रुअरी शनिबारका दिन लण्डनस्थित फेल्थाम कम्युनिटी कलेजमा सम्पन्न कियाचु युकेको यलम्बरहाङ उपसंयोजन बैठकले सो मिति पारित गरेको हो ।

यलम्बरहाङ कप फुटबल प्रतियोगिता संयोजक संस्थाका उपाध्यक्ष नरबिर आङ्बोले खेल सफलतापूर्वक संचालन गर्नका लागि शाखा अध्यक्षलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई कार्य विभाजन गरी कार्यतालिका समेत प्रस्तुत् गरेका थिए । त्यस्तै, सहसंयोजक दिपेन्द्र याक्सोले फुटबल खेलको लागि चाहिने एम्बुलेन्स, प्यारामेडिक, ग्राउण्ड, इन्स्योरेन्स र खेल मैदान बुक भइसकेको र पेमेन्ट गर्न बाँकी रहेको जानकारी गराए ।

बैठकले खेलको दिन चाहिने सामाग्री ओसापोसार, यातायातको जिम्मा प्रोपर्टी मेनेजर खड्गहाङ लिम्बुलाई जिम्मा दिइएको छ भने खानपान रेस्टुरेन्ट उपलब्ध गराउनका लागि कोषाध्यक्ष धन काम्बाङलाई जिम्मेवारी सुम्पिएको छ ।
बैठकमा चासोक तङनाम–२०१८ र यलम्बरहाङ कप व्याडमिन्टन २०१८ को समीक्षा समेत गरिएको थियो । कोषाध्यक्ष धनकुमार काम्वाङले सो दुवै कार्यक्रमको आय–व्यय पेस गरेका थिए । बैठकमा कोषाध्यक्ष धन काम्बाङले चासोक तङनाममा फाइदा नभए तापनि यलम्बरहाङ कप व्याडमिन्टनबाट एक हजार दुई सय २१ पाउन्ड संकलन गरिएको जानकारी दिँदै सो रकम चुम्लुङ्गदेन खरिदका लागि अध्यक्ष तिलबिक्रम सम्बाहाङफेलाई हस्तान्तरण गरे ।
त्यस्तै, चुम्लुङ्गदेन खरिदका लागि खोलिएको बैंक खाताको कार्यभार अध्यक्ष तिलबिक्रम सम्बाहाङ्फेबाट सहकोषाध्यक्ष दिपेन्द्र याक्सोलाई हस्तान्तरण गर्ने बैठकले निर्णय गरेको छ । चुम्लुङ्गदेन खरिदपश्चात् सो बैंक खातामा ७० हजार ६५२ पाउन्ड रहेको जानकारी दिए ।

बैठकले यलम्बरहाङ कप खेलको दिनदेखि सुरु हुने गरी संस्थाका आजीवन सदस्य र संरक्षक सदस्यहरुलाई अनिवार्य रुपमा सदस्यता कार्ड वितरण गर्ने र साधारण सदस्यलाई पनि १० पाउन्ड लिएर सदस्यता कार्ड वितरण गर्ने निर्णयसमेत गरेको छ ।

बेलायतवासी लिम्बुहरुको बाक्लो उपस्थिति रहेको बैठकमा कियाचु पूर्वअध्यक्ष तथा सल्लाहकार काजीमान याक्सो, माङ्गेना चुम्लुङका अध्यक्ष कमला लिम्बु, सल्लाहकार नरकुमारी लिम्बु र कियाचु पूर्वउपाध्यक्ष नर थाम्सुहाङको उपस्थिति रहेको
थियो ।
कियाचुका अध्यक्ष तिलबिक्रम सम्बाहाङफेको अध्यक्षतामा सम्पन्न बैठकमा वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव गणेश इजमले बैठक सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!