मगर संघ युकेले शनिबार ३७ औं मगर दिवस मनाएको छ । अल्डरसटस्थित अम्पाएर हलमा विभिन्न कार्यक्रम गरी मगर संघ स्थापनाको दिनलाई मगर दिवसको रुपमा मनाइएको हो । कार्यक्रममा बेलायतमा बस्ने मगर समुदाय र अन्य समुदायका अतिथि, प्रतिनिधिलगायतको उपस्थिति थियो । मगर संघ युकेका अध्यक्ष नेम थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ युके, युरोप तथा अमेरिका संयोजक शान्ति थापा कुँवर रहेको थिइन् ।
दिवसको अवसरमा मगर दिवस निरन्तर रहोस् । मगर एकता अमर रहोस् । भन्ने नारा तय गरिएको थियो ।



















