लन्डन । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बेलायतस्थित नेपाली दूतावासले आयरल्यान्डको राजधानी बेलफास्टमा एक विशेष समारोहको आयोजना गरेको छ ।
संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा भएको समारोहमा उत्तरी आयरल्यान्डका लागि पूर्वप्रथममन्त्री श्रीमती अर्लेन फोष्टरको प्रमुख आतिथ्यतामा सो समारोह भएको थियो ।
कार्यक्रममा उत्तरी आयरल्यान्डका संसद सभामुख रोविन न्यूटोन र सांसद डा. काओम्हे आर्चीबाल्डको विशेष उपस्थिति थियो ।
समारोहमा स्वागत मन्तव्य राख्दै राजदूत सुवेदीले नेपालमा सरकारले आर्थिक विकास र समृद्धिको लक्ष्यलाई प्राथमिकतामा राखेको बताए ।
प्रमुख अतिथि फोष्टरले उत्तरी आयरल्यान्डका जनता र नेपाली समुदायबीच मित्रता, भातृत्व र समझदारी बृद्धिमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।






