एनआरएनए यूकेद्वारा अर्थमन्त्री डा. खतिवडासँग अन्तरक्रिया, लगानी सम्मेलनमा सहभागी हुन मन्त्रीको आग्रह

SHARE:

एटा संवाददाता
लन्डन । एनआरएनए यूकेले नेपालका अर्थमन्त्री डा. युवराज खतिवडासँग अन्तरक्रिया गरेको छ । गत बुधबार २० फेब्रुअरीका दिन साउथ ह्यारो लन्डनस्थित गोल्डेनसीप रेष्टुरेण्टमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा मन्त्री डा. खतिवडाले आउंदो मार्च महिनामा नेपाल सरकारले लगानी सम्मेलनको आयोजना गर्न लागेको बताउँदै बेलायतबाट लगानीकर्तालाई उत्प्रेरित गर्ने क्रममा डायस्पोराको सहयोगको अपेक्षा रहेको बताए ।

कार्यक्रममा एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य, भूतपूर्व गोर्खा अभियन्ता ज्ञानराज राई, कांग्रेस युवा नेता विज्ञान प्रसाईं, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, एनआरएनए युकेका उपाध्यक्ष शेरबहादुर सुनार, एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्री र एनआरएनए यूकेका उपाध्यक्ष प्रेमगाहा मगर लगायतले बोलेका थिए ।

एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव राजकुमार त्रिपाठीले संचालन र उपमहासचिव विनय अधिकारीले स्वागत मन्तब्य गरेका थिए ।
फोटो : विनय अधिकारी

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!