एनआरएन यूकेद्वारा सांसद रिजालसँग अन्तरक्रिया

SHARE:

एटा संवाददाता
लण्डन । एनआरएनए यूकेले नेपाली कांग्रेस सांसद तथा पूर्वमन्त्री डा. मिलेन्द्रद्ररिजालसँग अन्तरक्रिया गरेको छ । गत आइतबार २४ फेबु्रअरीका दिन चौतारी रेष्टुरेण्ट साउथ ह्यारो लण्डनमा सम्पन्न कार्यक्रममा एनआरएनए यूकेले नेपालको सामाजिक, आर्थिक र राजनैतिक अवस्थाबारे अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा सांसद रिजालले संविधानले व्यवस्था गरेको राजनैतिक अधिकार बाहेकको गैरआवासीय नेपाली नागरिकतालाई कसैले रोक्न नसक्ने विश्वास व्यक्त गरे ।
उनले नेपालका नेताहरुलाई गाली नगर्नुहोस् भन्दै चित्त नबुझे वा नेताप्रति शंका लागेमा स्वदेश फर्कन आब्हान गरे ।

सो अवसरमा एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले उपस्थितिका लागि सबैलाई धन्यवाद दिँदै सहज तरिकाले गैरआवासीय नेपाली नागरिकता लिने व्यवस्था मिलाउन आग्रह गरे । त्यस्तै, उनले भूतपूर्व गोर्खाहरुको मुद्दामा नेपाल सरकार मौन रहेकोले आवश्यक पहलका लागि अनुरोध गरे ।

कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष कुल आचार्य, एनआरएन यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्री, एनआरएनए यूकेका उपाध्यक्ष शेर सुनार, उपाध्यक्ष प्रेम गाहामगर र उपमहासचिव विनय अधिकारीलगायत नेपाली कांग्रेससँग सम्बन्धित बेलायतका नेताहरुको विशेष उपस्थिति रहेको थियो ।

एनआरएन यूके अध्यक्ष फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव राजकुमार त्रिपाठीले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!