बेलायतमा गोर्खा भूपूहरुको सामूहिक बैठक : समान अधिकारका लागि ऐक्यबद्धता

SHARE:

ओम थापा
अल्डरसट । गत फेब्रअरी २२ मा अल्डरसटको भेटघाट रेस्टुरेन्टमा ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त सैनिकहरुले सामूहिक रुपमा भेटघाट गरी आफूहरुले उठाउँदै आएका मागबारे समीक्षात्मक बैठक गरेका छन् ।


सो समीक्षा बैठकमा ८१ वर्षीय पूर्व १०गोर्खा राईफलका गोर्खा मेजर मानबहादुर राईलगायत २२ जना गोर्खा मेजरका साथै अन्य अवकास प्राप्त भूपू सैनिकहरु सहभागी थिए । बैठक लेप्टन (रि) कर्नेल याम राना र अन्य अफिसरको सहकार्यमा आयोजना गरिएको थियो ।

बेलायत सरकारका रक्षा राज्यमन्त्री ल्याङकेष्टरको हालै नेपालमा भएको भ्रमण र भ्रमणका क्रममा राष्ट्रपति, परराष्ट्रमन्त्री लगायतका उच्च पदस्थहरुसँगको भेटमा गोर्खा सैनिकहरूको समान पेन्सनको समस्या समाधानका लागि दुई देशबीच भएको उच्चस्तरीय वार्ताबारे छलफल गरिएको थियो ।

ब्रिटिस गोर्खा सत्याग्रह पहलमा नेपाल एम्बेसी लन्डनको संयोजकत्वमा सम्पूर्ण गोर्खा संगठनहरूको संयुक्त ऐक्यबद्धतासहित १३ वटा मागहरूबारे भइरहेको प्रगतिका बारेमा पनि छलफल भएको थियो ।
आफ्ना माग पूरा गराउनका लागि सबै गोर्खाहरुबीचमा ऐक्यबद्धता जनाएका थिए । जसमा सत्याग्रह समितिबाट अभियन्ता ज्ञानराज राई, उपसंयोजक सूर्य नेम्वाङ, महासचिव श्रीमती सयन्द्र केसी, सहकोषाध्यक्ष श्रीमती बिष्णु गुरूङ रहेका थिए । सो अवसरमा ज्ञानराज राईबाट प्रगति विवरण प्रस्तुत गर्दै सबैको ऐक्यबद्धता आव्हान गरिएको थियो ।

त्यस्तै, क्या. राजु गुरूङ, लेप्टन काजी शेर्पा, क्या. दिलकुमार राई, मे. कुलबहादुर थापा, ले. श्रीप्रसाद लिम्बु, क्या. निर्मल गुरूङ, क्या. कृष्ण गुरूङ, प्रकाश गुरूङ लगायतले गोर्खाका समस्या समाधानका लागि सबै गोर्खाहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!