ले.रि.नारायणप्रसाद गुरुङ बिईएम
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) लन्डन शाखाले खेन्पो लामा गुरु सन्तोष गुरुङको स्वागत तथा सम्मान गरेको छ ।
बेलायत भ्रमणमा रहेका नेपालका खेन्पो सन्तोष गुरुङलाई गत २३ फेब्रुअरीका दिन फेल्थाम कम्युनिटी कलेजमा स्वागत तथा सम्मान गरिएको हो । सो अवसरमा आयु पूजा, प्रवचन तथा अभिषेकको कार्यक्रमसमेत गरिएको थियो । बिसीसी लन्डन इकाईका अध्यक्ष गम्मरसिङ गुरुङ, आमा समूहकी अध्यक्ष अन्तिम गुरुङ, लामा प्रेम तामाङ र उपस्थित भक्तजनहरुले गुरुहरुको स्वागत गरेका थिए ।
पूजापश्चात् बिसीसी लन्डन इकाईका उपाध्यक्ष एवं कार्यक्रम संयोजक राज बहादुर गुरुङले स्वागत मन्तब्य दिँदै कार्यक्रमबारे जानकारी गराएका थिए । इकाई अध्यक्ष गम्मरसिं घलेले गुरु तथा सम्पूर्ण अतिथि एवं भक्तजनहरुलाई स्वागत एवं धन्यवाद दिँदै हालसम्मको प्रगति, सबैमा भगवान बुद्धप्रति आस्था र एकताको भावनाप्रति खुसी व्यक्त गरे ।
सोही क्रममा ट्रष्टी बन्न सफल भएका बेन कुमार तथा तारा गुरुङ, बिसीसी युकेका अध्यक्ष नरेश गुरुङ तथा ठोसमाया गुरुङ, श्रीमान् तथा श्रीमती संगीता राईलाई खेन्पो गुरुद्वारा खादा ओढाई सम्मान गरिएको थियो । १५ जना आजीवन सदस्यहरुलाई पनि गुरुद्वारा खादाले सम्मान गरे । त्यस्तै, धर्मगुरु खेन्पो सन्तोष लामाद्वारा बुद्ध धर्मशिलबारे प्रवचन दिए । सो अवसरमा विभिन्न जिज्ञासा उठाइएको थियो ।
धर्म र संस्थाको प्रगतिबारे काउन्सिलर लक्ष्य गुरुङ, बिसीसी यूकेका अध्यक्ष नरेश गुरुङ, बिसीसी युकेका निवर्तमान अध्यक्ष तथा बिसीसी लन्डन शाखाका प्रमुख सल्लाहकार नारायणप्रसाद गुरुङ बिईएम, आमा समूहकी अध्यक्ष अन्तिम गुरुङ, कोषाध्यक्ष गोपाल तामाङले मन्तव्य राखेका थिए ।
अतिथिहरुमा काउन्सिलर बिष्णु गुरुङ, बन्टोक नेपाली समाजका भूपू अध्यक्ष रमेश गुरुङ, तमुधिं लन्डन इकाईका अध्यक्ष चन्द्रद्रबहादुर गुरुङ, उपाध्यक्ष चेतप्रसाद गुरुङ, महासचिव भरत गुरुङ आमा समूहका अध्यक्ष तथा बिसिसी लन्डन इकाई आमा समूहकी उपाध्यक्ष दिलमाया गुरुङ सल्लाहकार कमला गुरुङ, पूर्णमाया गुरुङ, रत्न गुरुङ, राम तामाङ र कृष्ण गुरुङको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पूजा संयोजक राज बहादुर गुरुङले पूजा व्यवस्थापन तथा जग्गे स्थापनामा सहयोग गरेका जयन्ती गुरुङ, राम तामाङ तथा उनको टिम, त्यसैगरी लामा गुरुहरुको यातायातलगायत चियापानी तथा खानपिनमा सहयोग गरेका मोतीलाल तामाङ, कृष्ण बहादुर गुरुङ, हेलिसा गुरुङ, शर्मिला तामाङ, सुन्दरी तामाङ साथै उनीहरुको सम्पूर्ण टीम, त्यसैगरी पूजा अवधिभरि सम्पूर्ण भक्तजनहरुको चियापानी तथा खाना व्यवस्थापनमा सहयोग गरेका नबिता गुरुङ, शर्मिला तामाङ, बिनु गुरुङ, दिलमाया गुरुङ, लक्ष्मी गुरुङ, तुलसी गुरुङ साथै उनको समूह, भिडियो तथा फोटोग्राफर राजेन्द्रद्रतथा चेतप्रसाद गुरुङ र मामाज नेपाली रेस्टुरेन्टलाई धन्यवाद दिएका थिए ।
त्यस्तै, पूजा कार्यक्रममा भोजनदान गरेका सम्पूर्ण दानबिर र श्रदालु भक्तजनहरुलाई विशेष धन्यवाद ज्ञापन दिएका थिए । आयुको अभिषेक (वाङ) ग्रहण गरी कार्यक्रम समापन भएको थियो । कार्यक्रम संस्थाका महासचिव मोहनजङ गुरुङले संचालन गरेका थिए ।






