मगर संघ युकेले ३७ औं मगर दिवस मनायो

SHARE:

लालबहादुर पुन
अल्डरसट । मगर संघ युकेले विविध कार्यक्रमका साथ ३७ औं मगर दिवस मनाएको छ ।

गत शनिबार २३ फेब्रुअरीका दिन अल्डरसटस्थित एम्पायर हलमा मगर संघ स्थापना भएको दिनलाई मगर दिवसको रुपमा मनाइएको हो । वि.सं. २०३९ फागुन १५ गते टाहालुङ्ग (तनहुँ) को ड्यामबोले (दमौली) मा मगर संघको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । सोही दिनलाई मगरहरुले विविध साँस्कृतिक कार्यक्रमका साथ मनाउँदै आउने क्रममा मगर संघ युकेले पनि बेलायतमा
मनाएको हो ।

कार्यक्रममा मगर संघ युकेका वेल्स, स्वीन्डेन, केन्ट, प्लमस्टिड, क्यात्रिक, रेडिङ, वेम्ब्ली, वेस्ट लन्डन, यूएचसबी, लन्डन शाखा, पुन मगर समाज, धौलागिरि नौमती बाजा, खामभाषी मगर समाजलगायतले मगर संस्कृति झल्किने नृत्य र झाँकी प्रदर्शन गरेका थिए । त्यस्तै, यूके कौरा समूहले लाईभ कौरा प्रस्तुत गरेका थिए ।

मगर संघ युकेका विभिन्न शाखाहरुले भाग लिएको मगर गड ट्यालेन्ट प्रतियोगितामा वेस्ट लन्डन शाखाकी सलिना थापा प्रथम, प्लमस्टिड शाखाका सरला रोका, बिन्ध्या पुन, सुमन पुन, दिलु थापा, रोशनी थापा, प्रिती थापा, रविन्द्र रोकाको समूह दोस्रो र वेम्ब्ली शाखाकी अनुसिंह पुन र सारु तेस्रो भएका थिए । बिजेताहरुलाई नगद पुरस्कार दिइएको थियो र मगर गड ट्यालेन्टका निर्णायकहरुमा शशी थापा सुब्बा, सरु राना गुरुङ, दिप राना र सबिता राना रहेका थिए ।
प्रमुख अतिथि एवं मगर संघकी यूरोप तथा अमेरिकाकी संयोजक शान्ति थापा कुँवर, विशेष अतिथि, अतिथि, मगर संघ यूकेका विशिष्ट सदस्यहरुलाई मुख्य प्रवेशद्वारबाट नौमती बाजाले स्वागत गरिएको थियो ।
बेलायतमा बसोबास गर्ने मगरहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई मगर संघ युकेका अध्यक्ष नेम थापा, प्रमुख अतिथि शान्ति थापा, अतिथि र संस्थाका विशिष्ट सदस्यहरुले दीप प्रज्ज्वलन तथा रिबन काटी उद्घाटन गरेका थिए ।
कार्यक्रममा नरेश खपांगी मगर र रमेश सारङ्गकोटी मगरले मगर दिवसको महत्व, मगरहरुको सामाजिक, राजनैतिक र पदीय अवस्थाबारे पावर पोइन्ट प्रिजेन्टेसन दिएका थिए । त्यस्तै, गोमा राना, भुमाया थापा, हिक्मतसिंह रोका, बेल बुढाथोकी र बिल पुर्जा मगरले मगर भाषा र भेषभुषाका बारेमा प्रस्तुति दिएका थिए ।

बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा मगर संघ क्यानाडाका अध्यक्ष चन्दा पुन, मगर संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष, लक्ष्मी राना, नेपाल मार्शल आर्ट हिप्किदोका अध्यक्ष कालीबहादुर घर्ती, कौरा डकुमेन्ट्रीका अभिनेता पवन राना, नेपाल लोकप्रिय अभिनेता सरोज खनाल र अभिनेत्री गौरी मल्लको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न विश्व विद्यालयबाट पिएचडी, मास्टर्स र व्याचलर गरेका विद्यार्थीहरुलाई बधाई दिँदै सम्मान गरिएको थियो । समाजसेवी, पत्रकार, साहित्यकार तथा मगर संघ युकेका निवर्तमान अध्यक्ष दुत पुन (चिम्खोले काइँला) गत १२ नोभेम्बर २०१८ का दिनमा नेपालको उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)द्वारा सम्मानित भएको र हालै उनले मास्टर्ससमेत उत्तीर्ण गरेकोेमा उनलाई फेटा लगाई विशेष सम्मान गरियो । त्यस्तै, कार्यक्रममा डिवाईजीका सहयोजक दिनेश रोका, नेपाली ओपन कन्सर्ट २०१८ का उद्घोषक याम थापा र उद्घोषिका जानकी पुन, बक्सर आदिप राना, मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ र अभिनेता तथा चलचित्र निर्माता बुद्धि गाहालाई समेत खादा लगाई सम्मान गरियो ।


त्यस्तै, छोटो समयमा सगरमाथा आरोहण गरी विश्व किर्तिमान राखी यसै वर्ष ७ महिनामा विश्वका १४ वटा अग्ला हिमालको आरोहण गर्न लागेका निर्मल पुर्जा एमबिईको ‘प्रोजेक्ट पोसिवल १४÷७’ लाई सफल बनाउन मगर संघ युकेले युवाहरुलाई जिम्मा दिएको घोषणा गर्‍यो ।

सो कार्यक्रममा साहित्यकार विजय हितानको ‘सहिदको सपना’ नामक नाटक र सो नाटकको एल्बम विमोचन गरिएको थियो ।
मगर संघ युके शाखामा भर्खरै मात्र नवनिर्वाचित केन्ट, वेम्ब्ली, क्याट्रिक, वेल्स र विन्चेस्टर शाखा तथा मगरहरु विभिन्न जिल्ला समाजबाट निर्वाचित अध्यक्षहरुलाई समेत बधाई ज्ञापन गरियो थियो । सो अवसरमा बागलुङ जिल्ला समाजकी नवनिर्वाचित अध्यक्ष छविमाया पुन, पर्बत वेलफेयर सोसाइटीका अध्यक्ष नेत्र आले, म्याग्दी अर्गनाइजेसन (मोना) युकेका अध्यक्ष दल जुग्जाली, गोर्खाली समाज युकेका अध्यक्ष कर्ण दर्लामी र मगर वुद्धिष्ट सोसाइटी युकेका कृष्ण दर्लामी र इन्टेक ८५ का अध्यक्ष गन्जा आलेलाई बधाई दिँदै सम्मान गरे ।

भर्खरै ब्रिटिस आर्मीको प्रोमिसन बोर्डबाट पदोन्नती भएका मेजर देवेन्द्रद्रआले मगरलाई बधाईसहित सम्मान गरियो । त्यस्तै, हालै पदोन्नती भएका लेप्टिनेन्ट कर्णेल देवेन्द्र आले, क्याप्टेन जीवन पुन, मेजर ज्ञान घेंग्घा, मेजर सुरेशकुमार थापा एमबिई र मेजर धिर पुन तथा उनीहरुका परिवारलाई बधाईसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शान्ति थापा कुँवर र एनआरएनए युकेका उपाध्यक्ष प्रेम गाहा मगरले शुभकामना मन्तव्य राखेका थिए भने मगर संघ युकेका अध्यक्ष नेम थापाले धन्यवाद ज्ञापन गरेका थिए ।
सो दिवसको सांस्कृतिक कार्यक्रम, झाँकी, मगर गड ट्यालेन्ट, लाईभ कौरा, सचिव रुद्रद्रथापा, साँस्कृतिक सचिव तुलचन्द्रद्रतिलिजा पुन मगर, जानकी पुन, दिनेश रोका, संगीता थापा, यमुना आले र अनिल थापालगायतले सञ्चालन गरेका थिए ।
कार्यक्रममा नेपालका चर्चित कलाकारहरु पवन राना, मनसुदन थापा र गायिका कल्पना श्रीपाल साथै स्थानीय कलाकार क्याप्टेन वीरबहादुर थापाले विभिन्न गीतहरु प्रस्तुत् गरेका थिए ।

मगर संघ युकेका अध्यक्ष नेम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक एवं मगर संघ युकेकी उपाध्यक्ष अनिता राना मगरले स्वागत मन्तब्य र संस्थाका सचिव रुद्र थापाले हेल्थ एन्ड सेफ्टी जानकारी दिएका थिए भने महासचिव लालबहादुर पुनले औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!