तमु प्ये ल्हु संघ यूके आमा समूहको वार्षिक साधारणसभा सम्पन्न

SHARE:

लन्डन । तमु प्ये ल्हु संघ यूकेको आमा समूहले आफ्नो वार्षिक साधारणसभा मनाएको छ । गत २४ फेब्रुअरी आइतबार प्लमस्टिडमा एक समारोहबीच आमा समूहको साधारणसभा भव्य रुपमा सम्पन्न भएको हो ।
आमा समूहकी अध्यक्ष बिष्णु टु क्ल्हेप्री तमुको सभापतित्वमा भएको कार्यक्रममा तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुसीमान ल्हेँगे तमु प्रमुख अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा आमा समूहकी प्रथम उपाध्यक्ष टकमाया लम् तमुको स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष रनबहादुर टु क्ल्हेप्री तमु, द्वितीय उपाध्यक्ष बुद्धि क्रोम्छे तमु, सचिव खेम सर्बुज तमु, कोषाध्यक्ष दिलिप तेलेँन्जे तमु, क्ल्हेप्री चिवा हिरा म्होब्छे क्ल्हेप्री तमु, प्रमुख सल्लाहकार ले. मदन प्ल्हेँ तमु र पूर्वअध्यक्ष सोम त्हेर्जे तमुको विशेष उपस्थिति थियो । कार्यक्रममा आमा समूहकी प्रमुख सल्लाहकार सनमाया तमु र प्रमुख अतिथि मेजर खुसीमानले शुभकामना मन्तव्य दिएका थिए भने आमा समूहकी सचिव बबिता प्हच्यु तमु र कोषाध्यक्ष माया क्रोम्छे तमुले सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदनलाई सभाले अनुमोदन गरेर सचिव र कोषाध्यक्षको मेहनतको प्रशंसा गर्दै आमा समूहको महान् परिश्रमले गर्दा नै छोटो अन्तरालमा सफलता मिलेको निष्कर्ष निकालिएको थियो ।

आमा समूहको साधारणसभा भव्य रुपमा सुसम्पन्न गराउन आमा समूहका सदस्यहरु तथा शुभचिन्तकहरुको विशेष सहयोग र सहभागिता रहेको सो संस्थाले बताएको छ । जसमा डम्बर च्हम्रु तमुले हल खर्च प्रायोजन गरेका थिए भने सदस्यहरु बोलमाया क्रोम्छे तमु र अध्यक्ष बिष्णु टु क्ल्हेप्री तमुले चिया, रोटी र खाना खर्च प्रयोजन गरेका आमा समूहले जनाएका छन् । त्यसैगरी नन्दकुमारी ल्हेँगे, धनमाया, हरिमाया, सरिता, मोती च्हम्रु, यमुना प्हच्यु, सन्जु लँई र बुद्धिकुमारी प्हच्यु तमुले खसी र कुखुराको मासु खर्च सौजन्य गरिदिए भने बबिता प्हच्यु, टकमाया लम्, बीजमाया थिम्चे, सुमन, रेश्मा, सनमाया र तनुजा ल्होँ तमुले पेय पदार्थ सहयोग गरेका थिए ।

सचिव बबिता प्हच्यु तमुले सञ्चालन गरेको साधारणसभामा आमा समूहले विभिन्न व्यक्तित्वहरुलाई सम्मानसमेत गरेका थिए । जसमा ब्रेकन–धम्पुस मितेरी गाउँको सदभावना दूतमा नियुक्त भएकोमा संघका अध्यक्ष मेजर खुशीमान ल्हेँगे तमुलाई तमु परम्पराअनुसार क्रेगी ओढाई सम्मान गरिएको थियो भने आमा समूहकी प्रथम उपाध्यक्ष टकमाया लम् तमुलाई गोरखा जिल्ला समाजको उपाध्यक्ष पदमा चयन भएकोमा बधाईसहित क्रमु ओढाएर सम्मान गरियो ।

सभामा तमु महान् पर्व ल्होसार कार्यक्रममा ‘रुपां बनाई सहयोग गर्ने आमाहरु बुद्धिकुमारी, नन्दकुमारी, सिरमाया र पदम माया ल्हेँगे तमुलाई पनि धन्यवादसहित सम्मान गरिएको थियो भने संघका द्वितीय उपाध्यक्ष बुद्धि क्रोम्छे तमुलाई रुपा लगाई दिएर स्याइँस्याई गरी स्वास्थ्यलाभको कामना व्यक्त गरिएको थियो ।

पारिवारिक माहोलमा सम्पन्न भएको साधारणसभामा आमा समूहमा आबद्ध महिलाहरुको बाक्लो उपस्थिति थियो भने बाबाहरुसमेत उपस्थित थिए ।

फोटो सौजन्य : नेत्र टु क्ल्हेप्री तमु

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!