किसुमस बेलायतले १०९औं अन्तर्राष्ट्रिय नारी दिवस मनायो

SHARE:

भावना परिष्कृत सुनुवार
बेलायत । किरात सुनुवार महिला समाज बेलायत (किसुमस बेलायत) को आयोजनामा २ मार्च सन् २०१९ शनिबार आल्डरसटस्थित एक सभाहलमा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।

संस्थाकी अध्यक्ष मिनादेवी सुनुवारको सभापतित्वमा र नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्ष जंग सुनुवारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । यो वर्ष सन् २०१९ को क्याम्पियन देम ब्यालेन्स फर बेटर संयुक्त राष्ट्र संघको नारा र थिङ्क इक्वेल बुइल्ड स्मार्ट, इन्नोभेट फर चेन्जका साथ नेपालको “लैगिक समानताको लागि समान सोच र व्यवहार समृद्धिको आधार’’ भन्ने नारा छ ।

कार्यक्रममा विशेष अतिथि नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतकी अध्यक्ष बिमला राई र नेपाल आदिवासी जनजाति पत्रकार महासंघकी अध्यक्ष प्रमिला लाबुङ राईको उपस्थिति रहेको थियो । अन्य अतिथिहरुमा नेपाल आदिवासी महिला महासंघ यूकेकी महासचिव तथा किरात याक्खा छुम्मा महिला समिति यूके अध्यक्ष बसुन्धारा याक्खा राई, आदिवासी महिला महासंघ यूकेकी सल्लाहकार भावना परिष्कृत, आदिवासी जनजाति महासंघ यूकेको सल्लाहकार होम किरात सुनुवार, समाजसेवी जनक, सुनुवार लाल सुनुवारलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, महिला अधिकार र हकहित चाहने व्यक्ति, व्यक्तित्वहरु एबम् संचारकर्मीको उपस्थिति थियो । सभापति र प्रमुख अतिथिबाट पानसमा दिप प्रज्वलन गरेर कार्यक्रम समुद्घाटन गरिनुको साथै सम्पूर्ण अतिथि र उपस्थित सबै सहभागीहरुबाट १०९ दिप प्रज्ज्वलन गरिएको थियो ।

नेपालको राष्ट्रिय गानलगत्तै संस्थाकी सल्लाहकार तथा प्रेरणादायी अग्रणी महिला स्व पवित्रादेवी सुनुवारको सम्झना र सम्मानमा मौनधारण गरिएको थियो । किसुमस बेलायतकी उपाध्यक्ष कौशिला सुनुवारले स्वागत मन्तव्य व्यक्त गर्नुको साथै हरेक साल मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुको उद्देश्य, औचित्य र ऐतिहासिक पृष्ठभूमिको बारेमा प्रकाश पारेकी थिइन् । कार्यक्रममा जेष्ठ महिला संस्थाकी उपाध्यक्ष सुशिलादेवी सुनुवार र अन्य जेष्ठ महिलाहरु सम्मानित भएका थिए ।

सम्मानकै सन्दर्भमा प्रमुख अतिथि जंग सुनुवारलाई आदिवासी महासंघ बेलायतको अध्यक्षको सफल कार्यकालको शुभकामनासहित हार्दिक बधाई ज्ञापन गर्दै किसुमास अध्यक्ष मिनादेवी सुनुवारले दोसल्ला तथा पुष्पगुच्छा अर्पण गरी सम्मान व्यक्त गरेकी थिइन् ।‘किरात सुनुवार महिलाहरुको निम्ति सदा योगदान रहेको र नेपाल आदिवासी जनजाति महासंघ बेलायतजस्तो गरिमामय सामाजिक संस्थाको नेतृत्व तहमा जंग सुनुवार पुग्नुभएकोले हामी किसुमस बेलायतको तर्फबाट उहालाई हर्ष र गौरव हँुदै सम्मान गरेका हौं’ अध्यक्ष सुनुवारले सम्मानको औचित्य प्रस्टाउँदै भनिन् । सोही क्रममा फोनिज युकेकी अध्यक्ष प्रमिला राई र नेआजमम अध्यक्ष बिमला राईलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

१०९ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा नेपाली नारीहरुको स्थिति, प्रगति, चुनौती, समस्या र समाधानका पक्षतर्फ चर्चा परिचर्चा गरिनुको साथै समीक्षासमेत गरिएको थियो । ‘हरेक वर्ष फरक नारा तय हुनु र नारी दिवस मान्नुले सार्थकता तब पाउँछ जब व्यवहारमा नारा, उद्देश्यअनुरुप कार्यान्वयन हुन्छ’ विशेष अतिथि बिमलाले भनिन् ।

फोनिज युकेकी अध्यक्ष प्रमिलाले नारी अधिकार र लैंगिक समानताको लागि सदियौंदेखि आवाज बुलन्द पार्ने अग्रणी विदेशी नारी क्लारा जेट्लिनदेखि निरंकुश राणा शासनकालमा मानव अधिकारको विभिन्न मुद्दामा सवाल उठाउने योगमाया, सहाना प्रधान, अनुराधा कोइराला आदि स्वदेशी नारीहरुको बलिदानको बारेमा स्मरण गरिन् । उनले नारी दिवसको ऐतिहासिक पक्ष, वर्तमान स्थिति र भविष्यमा सुधार्नु पर्ने विषय प्रकाश पारिन् ।

प्रमुख अतिथि सुनुवारले आदिवासी महिलाहरु राज्यबाट र आफ्नै समाजबाट गैरआदिवासी महिलाहरुको दाँजोमा बढी विभेदमा पर्नुको कारण र समाधानको पक्षबारे धारणा राखे । लैगिक असमानताको समस्याको जड घर परिवार भएको उल्लेख गर्दै उनले यसको निवारण घर परिवारबाट छोराछोरीलाई समानताको लागि समान व्यवहार र संस्कार दिनुपर्नेमा जोड दिए । अध्यक्ष मिना सुनुवारले सम्पूर्ण अतिथिहरु, सहभागीहरुलाई धन्यवाद दिँदै नारी जागरणको निम्ति हमेसा समाजमा आफ्नो तर्फबाट योगदान दिने र भविष्य बढी उपलब्धिमूलक र गुणात्मकस्तरबाट संस्थालाई अगाडि बढाइ सुनुवार महिलाहरुमा सशक्तिकरण र एकता स्थापित गर्ने प्रतिबद्धता जाहेर गरिन् ।
कार्यक्रम सचिव परिष्कृत सुनुवार र सहसचिव सुमिरा सुनुवारले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!