दुई युवाले सुरु गरे पानस

SHARE:

एटा संवाददाता
अल्डरसट । अल्डरसटको व्यस्त स्टेसन रोडमा दुई नेपाली युवा उद्यमीले पानस नेपाली रेस्टुरेन्ट सुरु गरेका छन् ।

बेलायतलाई कर्मभूमि बनाएर बसेका चन्दन गुरुङ र यूकेन गुरुङले नयाँ परिकार पस्कने उद्देश्यका साथ सो रेस्टुरेन्टको सुरुआत गरेका हुन् । आपूmहरुमा फुड इन्डस्ट्रीको अनुभव भएको र सोही अनुभवको आधारमा विभिन्न नेपाली स्वादका परिकारहरु पस्कने योजनाका साथ रेस्टुरेन्ट सुरु गरिएको उनीहरु बताउँछन् ।

रेस्टुरेन्टले नयाँ परिकार पस्कनुका साथै क्याटरिङ्ग सेवा पनि प्रदान गर्ने योजना उनीहरुको छ । करिब ४५ सीट क्षमताको रेस्टुरेन्टमा नेपाली स्वादका खाजा, खाना र पिय पदार्थहरु बिक्री वितरण हँुदै आएको छ । उनीहरुले ग्राहकलाई सन्तुष्ट बनाउन कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

केही वर्षयता बेलायतमा भूतपूर्व गोर्खा परिवारका तीनै पुस्ता स्थायी रुपमा बस्न थालेपछि नेपालीहरुको पनि विभिन्न पेसा तथा व्यवसाय बढ्दै आएको छ । अल्डरसटमा नेपालीहरुले सुनचाँदी, रेस्टुरेन्ट, ग्रोशरी, बैंकिङ, हेयर एण्ड सेलुन, ट्राभल्स एण्ड मनी एक्सचेन्ज, ट्याक्सी, सेक्युरिटी, बाङ्गक्युटिङ्ग, बिजनेस कन्सल्टेन्सी सर्भिस, प्रोपर्टी इन्भेस्टर तथा विल्डर्स, बेड एण्ड ब्रेकफास्ट, डाइभिङ्ग, पत्रिका प्रकाशन, एकाउन्टेन्सी, कानुनी परामर्श सेवा, क्लीनिङ्ग सर्भिसेज, मोर्गेजेज, पप, बार, कफी सप, केक सप र बुटिकलगायत व्यवसाय सञ्चालन गर्दै आएका छन् । अल्डरसटमा नेपालीहरुले करिब ६० भन्दा बढी व्यवसाय सञ्चालन गरिरहेको अनुमान छ ।

अल्डरसटमा नेपालीहरुले सञ्चालन गर्दै आएको एम्पायर बङ्गक्युटिङ्ग एण्ड हल, दि प्यालेस हल र भेटघाट रेस्टुरेन्टमा विभिन्न नेपाली संघसंस्थाहरुले प्रत्येक विकेन्डमा विवाह, ब्रतवन्ध, भेटघाट, अन्तरक्रिया, सभा सम्मेलन र चलचित्र प्रदर्शन लगायतका कार्यक्रम आयोजना गर्दै आएको छ । जसका कारण बेलायतका विभिन्न सहरमा बसोबास गर्ने नेपालीहरु अल्डरसट आउने गर्दछन् । सोही अवसरमा उनीहरुले किनमेल गर्ने र नेपाली परिकारको स्वाद लिने भएकाले पनि अल्डरसटमा नेपाली उद्यमी तथा व्यवसायीहरुको आकर्षण बढ्दै आएको विश्वास गरिन्छ । त्यसमा पनि अल्डरसट फार्नबोरो क्षेत्रमा अरु सहरको तुलनामा नेपालीहरुको बसोबास बढी रहेको मानिन्छ ।

अल्डरसट सहरभित्रै बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) र शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले आफ्नो धर्म, संस्कार र संस्कृति जगेर्ना गर्न भन्दैसामुदायिक भवन खरिद गरेका छन् । त्यस्तै, थुप्रै मगरहरुको संगठित रहेको मगर संघ यूकेको आप्mनै कार्यालय भवन फार्नबोरोमा रहेको छ । जसको बेलायतमा विभिन्न सहरहरुमा १३ वटा शाखा रहेका छन् । र, बेलायतमा नेपाली मेला र गोर्खा कपजस्ता बृहत् कार्यक्रम आयोजना गर्न सफल तमुधिं यूकेको तमु भवनसमेत अल्डरसटबाट नजिकै रहेको मिचेटमा पर्दछ । जसको बेलायतको विभिन्न सहरमा ७ वटा इकाई छन् । त्यस्तै, नजिकैको सहर वकिङ्गमा किरात राई यायोक्खाले जग्गासमेत खरिद गरेको छ ।

अल्डरसटको नजिकै नर्थक्याम्पमा पीपल मोर्गेजेज एण्ड स्टेट एजेन्टस्, फार्नबोरो गोर्खा सेक्युरिटी सर्भिसेस र अल्डरसटमै वाईबिसी फ्यासिलिटिज सर्भिसस् रहेको छ । यी तिनैवटा व्यवसाय नेपालीहरुले सञ्चालन गरेको व्यवसायहरुमा ठूला मानिन्छन् । जसमा थुप्रै कर्मचारीहरु कार्यरत रहेका छन् ।

अल्डरसट आसपासमा नेपालीहरुले सञ्चालन गरेका धेरैजसो व्यवसाय नेपाली ग्राहकहरुलाई नै लक्षित गरी खोलिएका हुन् । आउने दिनहरुमा अरु समुदायलाई समेत लक्षित गरी व्यवसाय गर्नुपर्नेमा जोड दिन्छन्, एकजना बिजनेश कन्सल्टेन्ट ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!