विकासप्रेमी दुई अधिकारी

SHARE:

१२ वर्ष पछाडि खोलो पनि फर्कन्छ भन्ने नेपाली उखान छ । ताप्लेजुङमा १२ वर्ष पछाडि फेरि पनि नेपाली राजनीति र समाजका लागि अविष्मरणीय व्यक्तित्वहरुलाई गुमाउन पुगेका छ । १२ वर्षअघि ताप्लेजुङकै घुन्सामा तत्कालीन वनमन्त्री गोपाल राई चढेको हेलिकप्टर दुर्घटना भएको थियो । सोही दुर्घटनामा विकास र योजनाका मूर्धन्य व्यक्तित्वहरु डा. हर्क गुरुङ, डा. चन्द्रबहादुर गुरुङको निधन भएको थियो । सो दुर्घटनाले नेपाललाई ठूलो मात्र होइन, अपूरणीय क्षति नै पुर्यायो ।


त्यसैगरी, सोही घटनाको १२ वर्षपछाडि यही फागुन १५ गते पर्यटनमन्त्री रविन्द्र अधिकारी लगायत पर्यटन क्षेत्रमा विशेष महत्व राख्ने व्यक्तित्वहरु सवार हेलिकप्टर दुर्घटना ताप्लेजुङमै भयो । यो दुर्घटनाले विकासका नयाँ सन्देशवाहक, योजनाकार र आशालाग्दो नेता रवीन्द्र अधिकारीलाई मात्र नभएर आङछिरिङ शेर्पा लगायत सात जनाको दु:खद निधन भयो । यो निधनले सबैलाई शोंकमा त पार्यो नै । उज्वल भविष्य बोकेका नेता र प्रभावशाली व्यापारी र कर्मचारीहरुको निधन भयो । यो मुलुकका लागि अपुरणीय क्षति नै हो ।

त्यसैगरी, नेपाल र नेपालीका लागि विकासका गतिविधि जनतासम्म नै पुर्याउनुपर्ने योजनाकार पूर्वउपप्रधानमन्त्री तथा कम्युनिष्ट सरकारका पहिलो अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । नेकपा एमालेलाई जनतासमक्ष चर्चित बनाउने र यो स्थितिसम्म ल्याउनका लागि महत्वपूर्ण योगदान दिने व्यक्तित्व अधिकारीको निधनले पनि मुलुकलाई अपुरणीय क्षति पुगेको छ । भरतमोहन अधिकारी अर्थमन्त्री भएकै बेलामा आफ्नो गाउँ आफै बनाऔं भन्दै सिधै तत्कालीन गाउँ विकास समितिमै रकम जाने व्यवस्था गरिएको थियो । त्यस्तै, ६० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई भत्ताको व्यवस्था गरिएको थियो । सो कार्यक्रम बहुचर्चित भए । कम्युनिष्ट सरकारले ६० वर्ष पुगेपछि गोली हानेर मार्छ भन्ने अफवाहका बीचमा कम्युनिष्ट सरकारले यस्तो चर्चित र जनतासमक्ष पुग्ने कार्यक्रम ल्याएपछि कम्युनिष्टप्रतिको जनविश्वास बढाउने नेतृत्वदायी काम गर्नेमध्येका अधिकारी नै हुन् । त्यसैले पनि उनको नेपाली जनताको मुहारमा मुस्कान ल्याउन योगदान दिने व्यक्तिका रुपमा समाजले चित्रण गरेको छ ।

विकासवादी, भविष्यको भरोसायोग्य व्यक्तित्वका रुपमा लिइएका रवीन्द्र अधिकारी र आफ्नो योजनालाई जनतासामु लगेर चर्चित भएका भरतमोहन अधिकारीको एक साताको बीचमा भएको निधनले नेकपालाई गम्भीर असर पारेकै छ ।
त्यो भन्दापनि नेपाली जनताले प्रभावशाली र योजनाकार नेताहरु गुमाएको छ । यो क्षतिको सधै अधुरो महशुस हुनेछ । दुवै अधिकारीसहित हेलिकप्टर दुर्घटनामा दिवंगत भएको व्यक्तित्वहरुको सामाजिक योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जली ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!