‘गोर्खा भर्ती बन्द हुनुपर्छ भन्नेहरुबाट धेरै आशा नगरौं’

SHARE:

रोशन मेवाहाङ
लन्डन । पूर्वगोर्खा सैनिक तथा नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राईले वर्तमान सरकारबाट धेरै आशा नराख्न आन्दोलनरत गोर्खाहरुलाई आग्रह गरेका छन् ।

नेपाली जनसम्पर्क समिति बेलायतले ६९औं प्रजातन्त्र दिवसको अवसरमा शनिबार पश्चिम लन्डनको ह्यारोमा आयोजित एक कार्यक्रममा बोल्दै नेता राईले गोर्खा भर्ती बन्द हुनपर्छ भन्नेहरुको सरकारबाट आशा राख्नु बेकार हुने दाबी गरे । उनले सन् १९९० को दशकमा शेरबहादुर देउवा प्रधानमन्त्री छँदा नै बेलायतका तत्कालीन प्रधानमन्त्री जोन मेजरसँग गोर्खा आन्दोलनको बारेमा कूटनीतिक वार्ता सुरु गरेको उल्लेख गर्दै कांग्रेस नै गोर्खाहरुको साँचो पार्टी भएको बताए ।
कार्यक्रममा अतिथि वक्ताको रुपमा उपस्थित राईले आफ्नो मन्तव्यको अधिकांश समय पूर्व गोर्खा र तिनका मुद्दाहरुबारे खर्चेका थिए । उनले पूर्व गोर्खाली र कांग्रेस पार्टी एक अर्थमा पुरक रहेको समेत औंल्याए ।

‘विक्रम सम्वत् २००७ सालको प्रजातन्त्र प्राप्तिको क्रान्ति गोर्खा सैनिकहरुको प्रत्यक्ष सहभागिताबिना सफल हुने थिएन’ नेता राईले भने, ‘कांग्रेस पार्टी बन्न र बनाउनमा पूर्वसैनिकहरु र जनजातिहरुको अहम् भूमिका छ ।’
कांग्रेस सरकारको पालामा नै न्यायालयको स्थापना गरेको, प्रतिकूल अवस्थामा पनि शान्ति प्रक्रिया, संविधान जारी र संविधान कार्यान्वयन गर्दै तीनै तहका निर्वाचन गरेको उल्लेख गर्दै उनले दुई तिहाईको वर्तमान सरकारले केही गर्न नसकिरहेको आरोप लगाए ।

कार्यक्रममा कांग्रेस सांसद एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल प्रमुख अतिथि थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!