अल्डरसटमा इम्पावरमेन्ट ईभेन्ट गरिँदै

SHARE:

एटा संवाददाता
अल्डरसट । आउँदो बिहीबार ७ मार्च साँझ अल्डरसटस्थित एम्पायर हलमा इम्पावरमेन्ट ईभेन्ट आयोजना गरिने भएको छ ।

विभिन्न पेसा, व्यवसाय र समाजमा आवद्ध व्यक्तिहरुको सहभागिता हुने ईभेन्टमा एकअर्काको अनुभव आदानप्रदान गरिने छ । माउसटेल वेभ सर्भिसेस् र गोर्खा इन्फरमेशन म्यानेजमेन्ट लिमिटेडले संयुक्त रुपमा आयोजना गर्न लागेको ईभेन्टमा कसरी सफलता हासिल गर्न सकिन्छ ? र, इम्पावरको महत्व तथा आवश्यकताबारे चर्चा गरिने आयोजकले बताए । कार्यक्रम साँझ ६ बजेबाट सुरु हुनेछ छ ।

कार्यक्रमका लागि समयमा नै आफ्नो सीट सुरक्षित गर्न आयोजकले अनुरोध गरेका छन् । करिब दुई घण्टा सञ्चालन हुने कार्यक्रममा योगा, ध्यान र ताइचीसमेत अभ्यास गराइने र प्रवेश शुल्कबापत ५ पाउन्ड उठाउने पनि आयोजकले जानकारी दिएका छन् ।

यसअघि गत ६ फेब्रुअरीका दिन एम्पायर हलमा सो समूहले पहिलोपटक ईभेन्ट आयोजना गरेका थिए । सो ईभेन्टमा विभिन्न अतिथि वक्ताहरुले आ–आप्mनो क्षेत्रको अनुभव सुनाएका थिए । आयोजका अनुसार यसपटक पनि विभिन्न क्षेत्रमा विशेष अनुभव बटुलेका व्यक्तिहरुले विभिन्न विषयमा आ–आफ्नो प्रस्तुति दिनेछन्

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!