डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको दोस्रो वार्षिक साधारणसभा

SHARE:

सुमलकुमार गुरुङ
लन्डन । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको दोस्रो वार्षिक साधारणसभा भव्यताको साथ सम्पन्न भएको छ ।

शनिबार ९ मार्चमा ६० पानफिल्ड रोड, आबिवुड, लन्डनस्थित साउथ ईस्ट रेजिनल तमुधिं लन्डनको समाजघर हलमा संस्थाका अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । महासचिव योगेश गुरुङद्वारा सञ्चालित सभामा संस्थाका सदस्यहरूको बाक्लो उपस्थिति थियो ।

बुद्ध प्रार्थना गर्दै अध्यक्षलगायत समाजका अग्रजहरूबाट द्वीप प्रज्वलन गरी सभा प्रारम्भ गरिएको थियो । साथसाथै आफ्नो पितृहरूलाई एक मिनेटको मौनधारणा गरी सहभागी सबैले श्रद्धसुमन चढाएका थिए । दोस्रो वार्षिक साधारणसभालाई संस्थाकी उपाध्यक्ष मिना गुरुङले न्यानो स्वागत मन्तव्य प्रकट गरेकी थिइन् । संस्थाका अग्रज राम गुरुङ, प्रमुख सल्लाहकार, सुशील प्रजापति, अध्यक्ष पाशापुच: साउथ ईस्ट लन्डन, सल्लाहकारहरू श्याम शेरचन, ओमप्रसाद गुरुङ, मन छन्त्याल, धनमाया गुरुङ, विन्दु गुरुङ, उपाध्यक्ष बीएनसी यूके, काजी गुरुङ, चन्द्रदेवी गुरुङ, क्या.रि. दिलबहादुर गुरुङ आदिले शुभकामना मन्तव्य प्रकट गरे । उनीहरुले संस्थाको हितका लागि महत्वपूर्ण सुझावसमेत व्यक्त गरेका संस्थाका अध्यक्ष गुरुङले बताए ।

सभामा महासचिव गुरुङले वार्षिक प्रतिवेदन, कोषाध्यक्षद्वारा कोषको विवरण तथा अध्यक्षद्वारा संस्थाको विधान संशोधनका बुँदाहरू पेस गरेपश्चात् हलले अनुमोदन गरेको थियो ।

सभामा आगामी संस्थाका योजनाहरूबारे बृहत् छलफल भएको थियो । आउने अगस्ट महिनाको २४ तारिखका दिन सम्पन्न गरिने च्यारिटी कार्यक्रमका लागि समूहमा टिकट वितरण गरिएको थियो । संस्थाको खुत्रुके अर्थात् खुदरा पैसा सङ्कलन र ब्याज बिक्रीवितरणका लागि संस्थाका प्रोपर्टी सचिव मन छन्त्यालले सहभागीहरूबाट सङ्कलन तथा वितरण गरेका थिए । कार्यक्रममा तीन जना नयाँ आजीवन सदस्यहरूलाई स्वागत गरिएको थियो ।
अन्तमा अध्यक्षले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेर दोस्रो अधिवेशन समापनको घोषणा गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!