अल्डरसटमा दोस्रोपटक इम्पावरमेन्ट ईभेन्ट

SHARE:

एटा संवाददाता
अल्डरसट । कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्नका लागि शान्त, खुसी, स्वस्थ जीवन र सकारात्मक उर्जाको आवश्यकता पर्दछ । यदि मानिस स्वस्थ छ भने उसले चाहेको कुरा सहजै सिक्न र बुझ्न सक्दछ । मानिसको दिमाग, शरीर र मन सन्तुलन राख्न सकिएमा आफूभित्र शान्ति, स्वस्थ र खुसी ल्याउन सक्दछ ।

यदि मानिस खुसी र स्वस्थ भयो भने उसमा सकारात्मक उर्जा उत्पन्न हुन्छ । जसले मानिसको जीवनमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्दछ । त्यसका लागि मानिस स्वयं आफैं इम्पावर हुन जरुरी छ । र, इम्पावर के हो ? कसरी इम्पावर हुने भन्ने बारेमा एकअर्कामा आप्mना अनुभवहरु आदानप्रदान गर्ने उद्देश्य साथ गत बिहीबार ७ मार्चका साँझ अल्डरसटस्थित एम्पायर हलमा एक इम्पावरमेन्ट ईभेन्टको आयोजना गरियो ।

ईभेन्टमा विभिन्न पेसा, व्यवसाय र समाजमा आवद्ध व्यक्तिहरुले एकअर्कामा आफ्ना अनुभवहरु आदानप्रदान गरेका थिए । सो अवसरमा जीनर्जीका मेग गुरुङले इम्वापर, ओशो स्वामी प्रकाश गुरुङले योगा र ध्यान, मनोक्रान्ति योगा प्रशिक्षक नगेन्द्रराज नेम्वाङ्गले योगा र माउसटेल वेभ सर्भिसेस्का डाइरेक्टर मान गुरुङले ताइचीको बारेमा जानकारी दिँदै अभ्याससमेत गराएका थिए ।

कार्यक्रममा एनआरएनए यूकेका उपाध्यक्ष शेर सुनार, फो ह्विल ग्यारेजका ई. किशोर थापा, सतिश, एम्पायरका राजकुमार गुरुङ, एभरेस्ट क्यास एण्ड क्यारीका एबी गुरुङ, तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ र शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङको विशेष उपस्थिति रहेको थियो ।

यसअघि गत ६ फेब्रुअरीका दिन एम्पायर हलमा सो समूहले पहिलोपटक ईभेन्ट आयोजना गरेको थियो । र, सो इभेन्टलाई प्रत्येक महिना आयोजना गर्दै जाने आयोजकमध्येका एक मान गुरुङले बताउँदै आगामी इभेन्ट ११ अप्रिल बिहीबारका साँझ सोही एम्पायरमा आयोजना गरिने जानकारी दिए ।

माउसटेल वेभ सर्भिसेस् र गोर्खा इन्फरमेशन म्यानेजमेन्ट लिमिटेडले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई गोर्खा इन्फरमेशन म्यानेजमेन्ट लिमिटेडका डाइरेक्टर पूर्ण गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!