आठौं पाँचथर कप ‘मे’ मा

SHARE:

एटा संवाददाता
फार्नबोरो । पाँचथर समाज सेवा यूकेले आयोजना गर्दै आएको पाँचथर कप फुटबल प्रतियोगिता आगामी ४ मे मा हुने भएको छ ।

गत शनिबार ९ मार्चका दिनका समाजका अध्यक्ष चन्द्र सुन्दासको फार्नबोरोस्थित निवासमा बसेको बैठकले सो निर्णय गरेको हो । नेपाली समुदाय बेलायतमा पाँचथर कपलाई विशेष महत्वका साथ हेरिन्छ । प्रत्येक वर्ष आयोजना गर्दै आएको पाँचथर कप यसभन्दा अघि ७ पटक आयोजना गरिसकिएको छ । बेलायतस्थित थुप्रै नेपाली फुटबलप्रेमीहरुको उपस्थितिमा सम्पन्न हुने कप यसपटक विविध कार्यक्रमका साथ मनाउने पाँचथर समाज सेवा युकेले जनाएको छ ।
पाँचथर कप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि टेकबहादुर माबोलाई यसअघि नै संयोजकको जिम्मेवारी दिइएको छ । बैठकमा संयोजक माबोले खेलका दिन आवश्यक सामाग्री र जनशक्तिबारे चर्चा गर्दै संस्थाका पदाधिकारी र साधारण सदस्यहरुलाई विभिन्न जिम्मेवारीका साथ कार्यविभाजन गरिएको दस्तावेज प्रस्तुत् गरेका थिए ।

बैठकमा बेलायतबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको नेपाली पत्रिका ‘एभरेस्ट टाइम्स’ को प्रबन्ध निर्देशकमा समाजका वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङ्ग चयन भएकोमा उनलाई संस्थाका महिला विभाग प्रमुख नन्दा सुन्दासद्वारा खादा ओढाई सम्मान गरिएको थियो ।

समाजको वार्षिक भेटघाट तयारीबारे समेत छलफल गरिएको बैठकमा वार्षिक भेटघाट कार्यक्रममा मिडिया, इन्टरटेन्टमेन्ट र राफल ड्र को जिम्मेवारी वरिष्ठ उपाध्यक्ष नेम्वाङ्ग, उपाध्यक्ष शान्ति खिम्दीङ्ग सेलिङ्ग र सहसचिव टेक सुहाङलाई सुम्पिएको छ । त्यस्तै, खानपिन व्यवस्थापनको लागि कोषाध्यक्ष कैलाश काम्वाङलाई जिम्मेवारी दिइएको छ ।

बैठकमा खानपान जलपान प्रायोजन गरेका समाजका अध्यक्ष तथा महिला विभाग प्रमुख नन्दा शोभालाई कार्यसमिति र सल्लाहकारहरुले धन्यवाद दिएका थिए ।
सल्लाहकारद्वय नर थाम्सुहाङ्ग र सूर्य गुरुङको समेत उपस्थिति रहेको बैठकमा किरात याक्थुङ्ग चुम्लुङ्ग युकेको कोषाध्यक्ष धन काम्वाङको पनि विशेष उपस्थित रहेको थियो ।
समाज सेवाका अध्यक्ष चन्द्र सुन्दासको अध्यक्षतामा सम्पन्न बैठकमा सचिव प्रेम धावल सुहाङले स्वागत मन्तव्य दिएका थिए भने सहसचिव टेक सुहाङले बैठकका निणर्यहरु लेखेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!