एटा संवाददाता
अल्डरसट । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) को महिला फोरमले विविध कार्यक्रमका साथ १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।
गत ९ मार्च शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा नारी दिवस मनाइएको हो । सन् २०१४ देखि जीआरएनसीको महिला फोरमले प्रत्येक वर्ष नारी दिवसको अवसरमा विशेषगरी महिलासँग सम्बन्धित आवश्यक जानकारीहरु प्रदान गर्दै आएको छ । ‘इन्फरमेशन डे’ को रुपमा पनि मान्दै आएको यस वर्षको नारी दिवसमा अपराध रोकथाम बारेमा हमसायार प्रहरीका दुर्गा थापा (पिसीएसओ), भूतपूर्व गोर्खाज्हरुको बारेमा गोर्खा वेलफेयर ट्रष्टका क्याप्टेन महेन्द्र लिम्बु तथा क्याप्टेन ग्यारी घले, मानसिक स्वास्थ्यबारे सुष्मा गुरुङ, भावना लिम्बु, क्यारेल फ्रोस्ट तथा निक्की जेनकिङ्ग, रसमुर हेल्थी लिभिङ्गबारे निशा शर्मा, ह्याम्पसायर फायर एण्ड सेफ्टीबारे निक्की, काउन्सिलले दिँदै आएको सेवाबारे मधु गुरुङ तथा सुशीला मगर र घरेलु हिंसाबारे एलिजा गुरुङले जानकारी दिएका थिए । विभिन्न विषयमा जानकारी गराउने उद्देश्यले ६ वटा स्टलहरुसमेत राखिएको थियो । सो स्टलबाट सहभागीहरुलाई आवश्यक सल्लाह र सुझावहरु दिइएको थियो ।
कार्यक्रममा रसमुर बरो काउन्सिलका उपमेयर सु कार्टरले प्रमुख अतिथिको आशनबाट र स्थानीय सांसद लियो डोचर्टीले विशेष अतिथिको आशनबाट शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै, जीआरएनएसीका अध्यक्ष जीव बेल्वासेले कम्युनिटीले गर्दै आएको विभिन्न कार्यहरुको बारेमा उल्लेख गर्दै कार्यक्रम संयोजकलगायतको टिमलाई धन्यवाद दिएका थिए ।
अधिकांश महिला र केही पुरुषहरुको उपस्थिति रहेको कार्यक्रममा रसमुर बरो काउन्सिलका काउन्सिलर लिज कप्स, नादिया मार्टिन, जेनिफर इभान्स, बारवर हर्स, जेक्यु भसफर, भिरुनीला ग्रामग्रीन, जीआरएनएका निवर्तमान अध्यक्ष ओम थापा, एनआरएनए आईसीसी सदस्य कुमारी गुरुङ, सुष्मा राई, एनआरएनए यूकेकी उपाध्यक्ष सुशीला राई, गोर्खा चौतारीका क्याप्टेन बिष्णु श्रेष्ठ, गोर्खा आमा समूहकी तारा गुरुङ, एशियन महिला एशोसिएसन (आमा) की अध्यक्ष अमिता बेल्वासे, आमाकी पूर्वअध्यक्ष मिया डंगोल केसी, समाजसेवी नन्दकुमारी गुरुङ, आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवार, जीआरएनसी महिला फोरमकी संस्थापक प्रमुख पुष्पा गुरुङका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो । त्यस्तै, स्थानीय मद्दत समूह, गोर्खा आमा समूह र गोर्खा चौतारीलगायत संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
केकसमेत काटेर मनाइएको नारी दिवसलाई प्रमुख अतिथि कार्टर, विशेष अतिथि डोचर्टी, जीआरएनसी अध्यक्ष बेल्वासे, महिला फोरमकी पूर्वप्रमुख गुरुङ, एनआरएनए आईसीसी सदस्य राई र फोरमकी संयोजक लिला सेलिङ्ग माबोले दिप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउनका लागि महिला फोरमकी उपप्रमुख सुष्मा गुरुङ, रोजी राई, अनिता राई, पुनम नेम्वाङ्ग र जगना गुरुङलगायतले समेत विशेष सहयोग गरेका थिए । त्यस्तै, जीआरएनसी वरिष्ठ उपाध्यक्ष रामधन राई, महासचिव मान गुरुङ, कोषाध्यक्ष टोप पल्ली, फोटोग्राफर मिलन तमु, पत्रकार वाचस्पति रेग्मी र एम्पायर परिवार लगायतको समेत विशेष भूमिका रहेको थियो ।
जीआरएनसी महिला फोरमकी प्रमुख एवं कार्यक्रम संयोजक लिला सेलिङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई जीआरएनसीकी प्रवक्ता प्रमिला लाबुङ्ग राईले पहिलो चरण र महासचिव मान गुरुङले दोस्रो चरणको इन्फरमेशन कार्यक्रम सञ्चालन गरेका थिए ।






