एटा संवाददाता
लन्डन । मोर्गेज साथसाथै स्टेट एजेन्टस्को रुपमा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको ग्रुप पीपलले च्यारिटी डिनरका साथ आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा गत ८ मार्च शुक्रबार साँझ विविध सारुंस्कृतिक कार्यक्रमका साथ वार्षिकोत्सव मनाइएको हो । १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको अवस्थामा आयोजित कार्यक्रममा ग्रुप पीपलले नेपालमा महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्दै आएको ‘आशा नेपाल’ नामक संस्थाको सहयोगार्थ च्यारिटी डिनरको समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा ग्रुप पीपलका प्रबन्ध निर्देशक सूर्यप्रकाश गुरुङले सेवाको अवसरका लागि सबै ग्राहकहरुलाई धन्यवाद दिँदै निरन्तर सहयोगको अपेक्षा राखे । उनले नारीको महत्व र गरिमाको चर्चा गर्दै वार्षिकोत्सवमा च्यारिटीको समेत आयोजना गरिएको र च्यारिटीबाट संकलित रकम महिलाहरुकै लागि काम गर्दै आएको ‘आशा नेपाल’ लाई सहयोग गरिने जनाए । आफ्नो आमा तथा बुबाको समेत विशेष उपस्थिति रहेको कार्यक्रममा निर्देशक गुरुङले आप्mना ग्राहक, मिहिनेती तथा परिश्रमी स्टाफ, आफ्नी धर्मपत्नी र बहिनीहरुको साथ र सहयोगका लागि हृदयदेखि नै धन्यवाद दिए ।
कार्यक्रममा भर्खरै स्तन क्यान्सरबाट मुक्त भएकी समाजसेवी मञ्जु गुरुङ राईसँग निर्देशक गुरुङले साक्षात्कारसमेत गरेका थिए । सो अवसरमा समाजसेवी राईले क्यान्सर, त्यससँगको संघर्ष र स्वस्थ जीवनबारे आप्mनो अनुभव सुनाइन् । साथै, उनले क्यान्सरजस्तो घातक रोगलाई सुरुको अवस्थामा पत्ता लगाउन सकिएमा उपचार संभव हुने बताउँदै आफ्नो शरीरलाई आवश्यक जाँच गरिरहन पनि सुझाए । उनले मानिस जहिले पनि बिरामी हुन सक्ने भएको हुँदा आप्mनो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताउँदै आवश्यक विमा पनि गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा गायिका शर्मिला बर्देवा, ममता गुरुङ र एभरेस्ट आइडल–२०१८ विजेता गायक मनोज गुरुङले विभिन्न गीतहरु प्रस्तुत् गरेका थिए ।
आशा नेपालको सहयोगार्थ लक्की ड्र समेत खेलाइएको कार्यक्रममा पहिलो विजेता राज लामा (अल्डरसट) ले एक तोला सुन, दोस्रो विजेता हरिभक्त गुरुङ (फार्नबोरो) र तेस्रो विजेता यमुना राई (स्यान्डर्स) लाई पीपल गिप्mट कार्ड उपहार प्रदान गरिएको थियो ।
पीपलका गत एक वर्षभित्र थपिएका ग्राहकहरुको विशेष उपस्थिति रहेको कार्यक्रमको लक्की ड्र टिकट र डोनेशन गरी १६०० पाउन्ड संकलन भएको र सो संकलित रकम छिट्टै आशा नेपाललाई प्रदान गरिने ग्रुपका निर्देशक गुरुङले जनाए । उनका अनुसार आशा नेपाललाई डोनेशन गर्न चाहने सहयोगदाताहरुले अझै अनलाईनमार्फत सहयोग गर्न सकिने बताए ।
सबै आगन्तुकहरुलाई प्रवेश नि:शुल्क गरिएको कार्यक्रममा सबैभन्दा टाढाबाट आएका ग्राहक नविन गुरुङ, समाजसेवी मञ्जु गुरुङ राई, कार्यक्रम संयोजनमा विशेष सहयोग गरेकी प्रतिमा जोशी, ग्राहक सेमन्त राई, गायिका शर्मिला बर्देवा, गायिका ममता गुरुङ र गायक मनोज गुरुङलाई मायाको चिनो प्रदान गरिएको थियो । त्यस्तै, कार्यक्रममा ग्रुप पीपलको आस्फोर्ड शाखामा कार्यरत युनिका राईलाई ‘पीपल अफ दि इयर’ को उपाधिबाट सम्मान गरिएको थियो ।
तीन वर्षअघि फार्नबोरोको नर्थक्याम्पबाट सेवा आरम्भ गरेको पीपलमा अहिले १८ जना कर्मचारी छन् । त्यस्तै, बेलायतको आस्फोर्ड, स्वीन्डन र एनडोबरमा समेत शाखा स्थापना गरिसकेको छ । पीपलले घर खरिद गर्न चाहनेहरुका लागि सरल र शुलभ व्याजदरमा मोर्गेजको व्यवस्था गरिदिने, प्रोपर्टी लेटिङ्ग र सेल्समा सहयोग गर्दै आएको छ । त्यसको अतिरिक्त प्रोटेक्सन, विल्स र इन्स्योरेन्स लगायतको सेवा पनि दिँदै आएको छ ।
उपस्थित महिला सबैलाई प्रमुख अतिथि र पुरुषहरुलाई विशेष अतिथिको रुपमा संबोधन गरिएको कार्यक्रममा उद्घोषकद्वयले यस धर्तीका नारीहरुको महत्व, सहनशिलता र भूमिकाबारे व्यापकरुपमा चर्चा गरी कार्यक्रमलाई नारीमय बनाएका थिए । त्यस्तै, ग्रुपका कापी टिमले बालबालिकाहरुका लागि चित्रकला र पेन्टिङ्गको व्यवस्था गरेको थियो । उनीहरुले आ–आफ्नो तरिकाले पेन्टिङ्ग र चित्र कोरेर थप मनोरञ्जन लिएका थिए ।
स्मरण रहोस्, गत वर्ष पीपलले आफ्नो दोस्रो वार्षिकोत्सवमा गोर्खा वेलफेयर ट्रष्ट नामक च्यारिटी संस्थालाई दुई हजार ३०० पाउन्ड आर्थिक सहयोग गरेको थियो । कार्यक्रममा नि:शुल्क प्रवेश संगसंगै नि:शुल्क खानपानको व्यवस्था गरिएको थियो ।
गु्रप पीपलका मार्केटिङ्ग तथा डिजायन म्यानेजर सागर गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा ग्राहकको तर्फबाट सेमन्त राईले शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै, कार्यक्रममा ग्रुप पीपलका अपरेशन म्यानेजर प्रनिशा गुरुङले सबै अतिथिहरुलाई विशेष धन्यवाद दिएको कार्यक्रमलाई बढो मनोरञ्जनात्मक तवरले ग्रुप पीपलका लाक्पा शेर्पा र मिलन गुरुङले सञ्चालन गरेका थिए ।
web 27f डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको दोश्रो वार्षिक साधारण सभा पीपलको तेस्रो वर्षगाँठ 






