मस्जिदमा भएको गोलीकाण्डमा कम्तिमा ४९ जनाको मृत्यु

SHARE:

न्युजिल्याण्ड । क्राइस्टचर्चका दुई मस्जिदमा भएको गोलीकाण्डमा कम्तिमा ४९ जनाको मृत्यु भएको छ। शुक्रबार भएको हमलामा परी २० जना भन्दा बढी गम्भीर घाइते भएका छन्।

बन्दुकधारीहरूले क्राइस्टचर्च सहरका दुई मस्जिदमा शुक्रबारको प्रार्थना गर्न भेला भएकाहरूमाथि अन्धाधुन्द गोली चलाएका थिए।

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले यो गोलीकाण्डलाई आतंकवादी हमला भनेकी छन्।

प्रधानमन्त्री आर्डर्नले मृत्यु हुनेहरूको संख्या पुष्टि गर्दै आजको दिन आफ्नो देशको ‘कालो दिन’ भएको बताएकी छन्। यो घटनासँग सम्बन्धित एक महिलासहित चार जनालाई हिरासतमा लिएको पनि बताएकी छन्।

‘क्राइस्टचर्च यी पीडितहरूको घर थियो। यीमध्ये धेरै त सायद यहीँ जन्मेका थिए। धेरैका लागि न्युजिल्याण्ड उनीहरूको मनपर्ने देश थियो। आज न्युजिल्याण्डकै सबभन्दा कालो दिनमध्ये एक हो।’

न्युजिल्याण्डका प्रहरी कमिश्नर माइक बुशले चार जना पक्राउ परे पनि खतरा भने टरेको भन्न सकिने अवस्था छैन।

हमला गर्नेमध्ये एक जना अस्ट्रेलियाका २८ वर्षीय नागरिक भएको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन जानकारी दिएका छन्। उनले यो हमलाकारीहरूलाई ‘अति दक्षिणपन्थी आतंकवादी’ भनेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!