मगर संघ यूके निर्वाचन समितिको बैठक सम्पन्न

SHARE:

एटा संवाददाता
लन्डन । मगर संघ युकेको छैटौं महाधिवेशन आगामी अप्रिलको पहिलो साता अल्डरसटमा हुने भएको छ । केन्द्रीय समितिले गत महिना टेलिभिजनकर्मी एवं बुद्धिजीवी बिजय थापाको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समितिसमेत गठन गरिसकेको छ । निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

अहिलेसम्म चर्चामा रहेका वर्तमान उपाध्यक्ष अनिता राना र सल्लाहकार एवं विधान मस्यौदा समितिका संयोजक ले.रि.सुनिल रानाका बीच कडा प्रतिस्पर्धा हुने बताइएको छ । मगर संघको ११ वटा शाखाका प्रतिनिधि एवं संघको आजिवन सदस्यहरुले मात्र मत हाल्न पाउने प्रावधान रहेको कार्यसमितिले जानकारी गराइसकेको छ । गत आइतबार १७ मार्चका दिन निर्वाचन समितिको बैठकले कुल मतदाता संख्या ८५८ जना रहने समेत जानकारी दिएको छ । निर्वाचनका लागि आवश्यक मतदान सामग्री, मतपत्र आदिको व्यवस्थापनका लागि सबै कामको बाँडफाँड बैठकले गरिसकेको छ । बैठकले निर्वाचनका लागि सबै मतदाताहरु समयमा उपस्थित हुनुपर्ने, मतदाताले आप्mनो परिचय खुल्ने फोटो भएको परिचय पत्र र आवश्यक जनशक्ति केन्द्रिय कार्यसमितिले उपलब्ध गराउन पहल गर्ने समेत निर्णय गरेको छ ।

निर्वाचन समितिले उपसंयोजकमा ले. कर्णेल (रि) यम राना, सचिवमा नरेश खपाङ्गी, प्रवक्तामा रमेश सराङकोटी, कोषाध्यक्षमा लिलामान शेरपुञ्जा र सदस्यमा देवी आले र ओम थापालाई जिम्मेवारी दिएको छ । मगर संघ युकेको छविलाई अझै उच्च राख्न सक्षम एवं क्रियाशील पदाधिकारीको चयन गर्ने मुख्य कार्यभार यस समितिलाई रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!