बाँसुरी समूह यूकेको अध्यक्षमा क्षेत्री

SHARE:

सुरेन्द्र इङ्नाम
केन्ट, यूके । बाँसुरी समूह यूकेको नयाँ कार्यसमिति चयन गरिएको छ ।

गत मार्च १७ मा एम्पायर हल अल्डरसटमा भएको दोस्रो भेलाले अध्यक्षमा खड्क क्षेत्री, सचिवमा सेमन्त राई, कोषाध्यक्षमा लोक थापासहितको नयाँ कार्यसमिति छनोट गरेको हो ।

भेलाले व्यवस्थापनमा कुल थापा, जनसम्पर्क तथा मिडियातर्फ सुरेन्द्र इङ्नामलाई जिम्मेवारी तोकेको छ । नयाँ कार्यसमितिको सदस्यहरुमा बिस पुन, भरत राई, कमल थापा, मेघ गुरुङ, भुपाल गुरुङ, पदम गुरुङ छन् । दिपक चाम्लिङ ‘प्रतिसुच्चा’ सल्लाहकारमा चयन भए ।

बेलायतमा सो समूहको स्थापना सन् २०१७ ताका फेसबुकमार्फत खड्क क्षेत्रीले गरेका हुन् । यूकेमा रहेर पनि नेपाली लोकबादनलाई जगेर्ना तथा सम्बद्र्धन गर्न उद्देश्यले सो समूह स्थापना गरिएको हो । त्यसै अनुरुप सदस्यहरु बढेसँगै बेलायतमा हुने कार्यक्रमहरुमा निमन्त्रणा आउन थालेपछि साङ्गठनिक रुपले अघि बढ्न थालेको बाँसुरी समूह यूकेले बताएको छ ।

सो बाँसुरी समूह यूकेले गतवर्ष ‘बाँसुरी चौतारी बेलायत’को नामले पहिलो भेला सम्पन्न गरेको थियो । जुन क्लोज ग्रुप भएकोले यस वर्षबाट ओपन फेसबूक पेज जसलाई “बाँसुरी समूह यूके” नाम राखेर सञ्चालनमा ल्याएको छ ।
बाँसुरीमा डिप्लोमा गरेका, शास्त्रीय सङ्गीत सिकेका दिपक चाम्लिङले भेलामा आफ्नो ज्ञान बाँडेका थिए । त्यस अवसरमा समूहमा सहभागीले मीठा बाँसुरीका धुन सुनाएका थिए । कार्यक्रम अन्त्यपछि सहभागीले भेटघाट रेस्टुराँमा गएर रात्रिभोज खाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!