सगरमाथा नेपाली समाज आस्फोर्डको साधारणसभा

SHARE:

छत्र वनेम
सगरमाथा गोर्खा र नेपाली कम्युनिटी आस्फोर्डको वार्षिक साधारणसभा सम्पन्न भएको छ । मार्च १६ तारिखका दिन आस्फोर्डस्थित साइमन चर्च हलमा अध्यक्ष चक्रबहादुर राईको अध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभामा नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष नरेश खपाङ्गी मगर, नेपाली नागरिकता निरन्तरता संघर्ष समितिका लागि नेपाल–बेलायत संयोजक सन्तोष थलङलगायत आस्फोर्ड केन्टस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

सचिब चिरेन राईद्वारा सञ्चालन र महिला कमिटीका उपाध्यक्ष सिता पुनको स्वागत मन्तव्यबाट सुरु भएको उक्त साधारणसभाका लागि उपस्थित अतिथी नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष नरेश खपाङ्गी मगरले कार्यक्रम सफलताको शुभकामना दिएको थियो । शुभकामना ब्यक्त गर्ने क्रममा नेपाल पत्रकार महासंघ युके शाखाले समाजसँगको अन्तक्र्रिया कार्यक्रम राख्ने बताए ।

संस्थाको वार्षिक प्रतिवेदन महासचिव रामप्रसाद लिम्बु, महिला कमिटीको प्रतिवेदन महिला कमिटीका सहसचिब रोमा परियार, आर्थिक प्रतिवेदन कोषाध्यक्ष मोहन सोदेम्बा र महिला कमिटीका सहकोषाध्यक्ष माला राई र युवा कमिटीको प्रतिबेदन अध्यक्ष दावा वाङ्दी शेर्पाले प्रस्तुत गरेका थिए भने संस्थाको महत्वपूर्ण योजनाको रुपमा रहेको संस्थाको नेपाली घर (संस्थाको भवनको नाम) खरिद सम्बन्धी योजनाको विषयमा हालसम्म भएका प्रगती र प्रयासहरुका बारे प्रोपर्टी खरिद कमिटीका सचिब पोपीराज राईले जानकारी दिएका थिए ।

सो परियोजनाको अवधि तीन वर्ष रहेको र २०२१ मा पूरा हुने लक्ष्य राखिएको छ । यो परीयोजनाको लागि घरदैलो कार्यक्रम तीब्र पारिएको छ ।
आस्फोर्डमा नेपालीहरुको बसोबास करिब सात सय घर छ । ती प्रतिघरबाट ५५० पाउन्ड सहयोग भएमा करिब ३८ हजार पाँच सय पाउन्ड संकलन हुने अनुमान गरिएको छ । साथै विभिन्न निकायबाट सहयोग उठाउने योजना रहेको बताइएको छ ।

योजनाका लागि सन् २०११ देखि नै प्रयासहरु भएपनि प्रारम्भिक तयारीमा कमी आएपछि केही बर्ष स्थगित भएको थियो ।
सो कार्यक्रमलाई पुन: निरन्तरता दिन भवन खरिद समितिका संयोजक नरेन्द्र माबोहाङ र समाजका अध्यक्ष चक्रबहादुर राईको अध्यक्षतामा गत २१ अक्टोबरका दिन सेन्ट्फ्रान्सिस हलमा बृहत बैठक बोलाइ नयाँ परियोजनाका लागि भाबी कार्यक्रमहरु प्रस्तुत भएको थियो ।

त्यसैगरी कार्यक्रमको अन्तमा नागरिकता निरन्तरता संघर्ष समितिका लागि नेपाल–बेलायत संयोजक थलङले नेपाली नागरिकता निरन्तरताको सन्दर्भमा हालसम्म भएका प्रयास र नेपालमा भर्खरै राज्य ब्यवस्था समितिले निर्णय गरेका कुराहरुबाट कसरी बच्ने लगायत विषयमा जानकारी गराएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!