एटा संवाददाता
लन्डन । एनआरएनए यूकेले १०९औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । गत आइतबार १७ मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ नारी दिवस मनाइएको हो । ‘व्यालेन्च फर वेटर’ नामक नाराका साथ विश्वभर गत ८ मार्चका दिन मनाइएको नारी दिवसलाई एनआरएनए युकेले गत आइतबार १७ मार्चका दिन मनाएको हो ।
कार्यक्रममा नेपाली दूतावास लन्डनकी पूनम राज्यलक्ष्मी सुवेदीले प्रमुख अतिथिको आशनबाट सबै महिलाहरुलाई शुभकामना दिएकी थिइन् । त्यस्तै, कार्यक्रममा महिला अधिकारकर्मी, सामाजिक अभियन्ता राधा पौडेलले नेपाली महिलाहरुले भोग्दै आएको समस्याको बारेमा बोलेकी थिइन् । उनले राधा फाउण्डेशनको नाममा बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरेको तर आप्mनो फाउण्डेशनले हालसम्म च्यारिटीको नामका उठेको रकम नपाएको गुनासो व्यक्त गरिन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष ले.रि. चन्द्र गुरुङ, एनआरएनए युरोप महिला सहसंयोजक संगिता मरहट्टा, नेपालबाट आएकी नैनाकला थापा र एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्यले नारी दिवसको बारेमा बोल्दै शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले शुभकामना सँगसँगै सहभागी र महिला फोरम सबैलाई धन्यवाद दिए । कार्यक्रममा वरिष्ठ समाजसेवी नन्दकुमारी गुरुङ र मर्दिखोला आमा समूहकी अध्यक्ष जगनकुमारी गुरुङले कविता वाचन गरेकी थिइन् । च्यारिटीसमेत आयोजना गरिएको कार्यक्रमबाट बचत रकम कास्कीको अन्नपूर्ण गाउँपालिका चन्द्रकोटस्थित संगम माविलाई सहयोग गर्ने जनाइएको छ ।
कार्यक्रममा विभिन्न संघसंस्थाका महिला अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । एनआरएनए महिला फोरमकी संयोजक लिलादेवी गुरुङको संयोकत्वमा सम्पन्न भएको कार्यक्रमलाई महिला उपसंयोजक लिला सेलिङ्ग माबोले कार्यक्रम सञ्चालन गरेका थिए ।






