रकस्टार र र्‍यापरले लन्डन तताउँदै

SHARE:

रोशन मेवाहाङ्ग
लन्डन । नेपाली नयाँ वर्ष २०७६ को अवसरमा लन्डनस्थित व्रिक्सटनमा ‘नेपाली म्युजिक फेस्टिवल २०१९’ आयोजना हुने भएको छ । नेपाली सांगीतिक कार्यक्रम जि–९ ईन्टरटेन्नमेन्ट, हब ए मोमेन्ट, नट जस्ट ट्राभल्स् र च्याउसे डि–१ ले संयुक्त रुपमा पहिलोपटक आगामी अप्रिल १३ तारिख शनिबार साँझ नेपाली सांगीतिक कार्यक्रम गर्न लागेका हुन् । कार्यक्रममा नेपालबाट रकस्टार सविन राई र फारो व्याण्ड, र्‍यापर आशिष राना (लाहुरे), सामाजिक सञ्जाल युट्युबकी चर्चित गायिका तिर्सना गुरुङ, बेलायती नेपाली समाजका चर्चित गायक प्रशान्त लिम्बु र शब्द व्याण्डको प्रस्तुति रहनेछ ।

उद्घोषण विधामा प्रसिद्ध जोडी लेक्स लिम्बु र मिस बेलायत नेपाल २०१४ की विजेता निया देवानले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्ने छन् । कार्यक्रमका प्रस्तुत गीतहरुमा फारो र शब्द लाइभ व्याण्डले दर्शकलाई थप मनोरञ्जन दिलाउने अपेक्षा रहेको आयोजक टिमका सदस्य किशोर राईले बताए । ‘नेपाली म्युजिक फेस्टिवल २०१९’ लाई थप उर्जा दिन आयो गोर्खाली रेस्टुरेन्ट, खुकुरी रम, गोर्खा बुलियन, सितारा चामल, डेरी भेल्लीले मुख्य प्रायोजन गरिने कार्यक्रमलाई नेपाल फुडको प्रमुख प्रस्तुति र वाई वाईले सहप्रायोजन गर्ने घोषणा गरेका छन् । कार्यक्रमलाई माउन्टेन्ट मिडियाले प्रत्यक्ष प्रसारण गर्ने च्यानल पत्रकार विष्णु चेम्जोङ्गले बताए ।

पहिलो चरणको कार्यक्रममा उपस्थित दर्शक तथा श्रोता र अतिथिलाई रकस्टार सविनले मेलोडियस र रकगीत, लाहुरेको र्‍याप र गायिका तिर्सनाले मनोरञ्जात्मक गीत पस्कने छन् । मध्यरात ठीक १२ बजे काउनडाउन गरेर नेपाली नयाँ वर्ष वि. सं २०७६ लाई स्वागत गर्दै दोस्रो चरणमा प्रवेश गरिने आयोजकले जनाएको छ । दोस्रो चरणमा रात्रिभोज, डिजे यसकाजी र फास्ट सेक्रेटको डान्सिङ विटका गीत प्रस्तुत रहने छ । आयोजकका अनुसार साँझ ठीक १० बजे सुरु गर्ने तयारी रहेको नेपाली सांगीतिक कार्यक्रम बिहान ६ बजे सञ्चालन हुने छ । भिआईपी टिकट शुल्क ५० पाउन्ड र अप्रिल ७ बाट २० तारिखभित्र जन्म दिन परेका दर्शकहरुका लागि नि:शुल्क प्रवेशको व्यवस्था मिलाइनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!