चारभञ्ज्याङ्गले टेलिमेडिसिन सहयोगार्थ च्यारिटी आयोजना गर्दै

SHARE:

एटा संवाददाता
लन्डन । चारभञ्ज्याङ्ग तमु समाज यूकेले पर्वत जिल्लाको चारभञ्ज्याङ्गको खाल्टेस्थित टेलिमेडिसिन सेन्टर सहयोगार्थ च्यारिटी डिनर आयोजना गर्ने भएको छ ।

आउने ३० मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना गर्न लागिएको च्यारिटी कार्यक्रमबाट बचत भएको रकम सो टेलिमेडिसिन नियमित सञ्चालनमा खर्च गरिने समाजका अध्यक्ष मेजर कृष्ण गुरुङले जानकारी दिएका छन् । साथै उनले स्थानीय विद्यार्थीहरु विद्यालयमा लड्न गई जोखिम मोल्दै आएकोले सो विद्यालय कम्पाउन्डभित्र सुरक्षाका लागि तारजाली लगाउने योजना बनाएको जनाए ।

सन् २०१३ सालमा स्थापना भएको टेलिमेडिसिनबाट त्यस क्षेत्रका स्थानीय जनता धेरै लाभान्वित भएका छन् । सानो सहयोगले सो क्षेत्रका बिरामी र विद्यार्थीहरुलाई राहत पुग्ने भएकोले च्यारिटी कार्यक्रममा उपस्थित भइदिनका लागि अध्यक्ष मेजर गुरुङले बेलायतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई अनुरोध गरेका छन् । पर्वतको लामे, भंगरा, दाद्र र थानामौला गाउँ चारभञ्जाङ्ग भित्र पर्दछ । सोही चारभञ्जाङ्गबाट बेलायत आइबसेका गुरुङहरुको चारभञ्ज्याङ्ग तमु समाज युकेको गठन गरेको हो ।

बेलायतको च्यारिटी कमिशनमा दर्ता रहेको सो समाजले विभिन्न च्यारिटीमूलक कार्यहरु गर्दै आएका छन् । साथै, सो समाजले स्थापना गरेको टेलिमेडिसिन सेन्टरमा देशविदेशका विज्ञ चिकित्सकहरुले टेली सम्पर्कमार्फत स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!