एटा संवाददाता
लन्डन । नेपाली समुदाय बेलायतमा अत्यन्त क्रियाशील संस्थामध्येको एक एवं गोर्खा कप आयोजक तमुधिं युके १७ औं गोर्खा कपको तयारीमा जुटेको छ ।
गत शनिबार १६ मार्चका दिन तमुधिं युकेको बैठक बसी गोर्खा कपको तयारी गरेको हो । तमुधिं युकेका खेलकुद सचिव एवं गोर्खा कपका संयोजक क्याप्टेन पिताम्बर गुरुङले पावर पोइन्टमार्फत गोर्खा कपको आवश्यक तयारीको खाका प्रस्तुत् गरेका थिए । उनले टिम दर्ता शुल्क, पुरस्कार, प्रवेश शुल्क, हेल्थ एण्ड सेप्mटी लगायत विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा बेलायत भ्रमणमा रहेका नेपाली सेनाका कर्णेल गौरव गुरुङलाई स्वागत तथा सम्मानसमेत गरिएको थियो । सो अवसरमा कर्णेल गुरुङले ‘बेलायतका तमु दाजुभाइ तथा दिदीबहिनीहरुसँग भेट्ने चाहना थियो’ भन्दै सो चाहना पूरा भएको जनाउँदै आफ्नो भ्रमण र आफूले प्रकाशन गरेको कृतिका बारे बोले । उनले आप्mनो कृति तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङलाई प्रदान गरे भने अध्यक्ष गुरुङले तमुधिं युकेको वार्षिक मुखपत्र फ्रेंसी र मायाको चिनो दिएका थिए ।
बैठकमा तमुधिं युकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ तथा आमा समूहकी अध्यक्ष प्रेमा गुरुङलाई उनीहरुले संस्थालाई गरेको योगदानको कदर गर्दै सम्मान पत्र प्रदान गरिएको थियो । उनीहरुलाई अध्यक्ष गुरुङ तथा आमा समूहकी अध्यक्ष जगतमाया गुरुङले सो सम्मान गरेका थिए ।
बैठकले तमुधिं युकेको प्यानिङ्ग एण्ड डिप्लोप्मेन्ट कमिटीसमेत गठन गरेको छ । सो कमिटीमा अध्यक्ष नन्दजङ्ग गुरुङ, सल्लाहकारहरु हर्कबहादुर गुरुङ, कृष्णप्रसाद गुरुङ, मधुकर गुरुङ, हरि (काजी) गुरुङ, क्या. चित्र गुरुङ, मेजर कृष्ण गुरुङ, पूर्वअध्यक्ष कमल गुरुङ, सहकोषाध्यक्ष कमल गुरुङ र सूर्यप्रकाश गुरुङ रहेका छन् । त्यस्तै, सो कमिटीको सल्लाहकारमा संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्ष मेजर डमर घले एमबिई, सल्लाहकार मेजर खुशीमान गुरुङ र क्याप्टेन तिर्थमान गुरुङ रहेका छन् ।
बैठकमा तमुधिं युकेका सल्लाहकार एकेन्द्र गुरुङद्वारा रचित गोर्खा कप शीर्षकको गीतलाई अध्यक्ष गुरुङले विमोचन गरेका थिए । त्यस्तै, सल्लाहकार ईन्स्पेक्टर खेमबहादुर गुरुङद्वारा लेखन तथा प्रकाशन भएको गुरुङ भाषाको त्रिभाषिक शब्दकोषलाई अध्यक्ष गुरुङ, तमु फोरमका निर्देशक क्या. राजु गुरुङ र गीतकार एवं पूर्वप्रअ एकेन्द्र गुरुङले विमोचन गरेका थिए । बैठकमा तमुधिं युकेका अध्यक्ष गुरुङले शिव कल्चरल एण्ड कम्युनिटी युकेले हालै खरिद गरेको भवन सहयोगार्थ १० हजार पाउन्डको चेक कम्युनिटी सेन्टरका सल्लाहकार भिम बानियाँ र महासचिव बिक्रम भट्टराईलाई हस्तान्तरण गरेका थिए ।
तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षमा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव तुलाराम गुरुङले बैठक सञ्चालन गरेका थिए ।






