एटा संवाददाता
लण्डन । नेपाल चलचित्र कलाकार संघ, युकेको संयोजकमा रोमियन लिम्बु चयन भएकी छन् । नेपाली चलचित्रकी नायिका तथा निर्मात्री समेत रहेकी लिम्बुलाई नेपाल चलचित्र कलाकार संघको हालै सम्पन्न बैठकले संयोजकको जिम्मेवारी दिइएको हो । नायिकाको भूमिकामा रहेर थुप्रै नेपाली चलचित्र र म्यूजिक भिडियोमा अभिनय गरिसकेकी लिम्बुले नेपाली चलचित्रमा पनि लगानी गरेकी छिन् । उनले नेपाल चलचित्र कलाकार संघको निर्णयलाई स्वागतयोग्य भन्दै छिट्टै संस्थाको अधिवेशन गर्ने बताएकी छिन् ।
पछिल्लो समय बेलायतवासी नेपालीहरुले पनि विभिन्न म्यूजिक भिडियो र चलचित्रमा अभिनय गर्न थालेपछि चलचित्र कलाकारहरुको पनि छाता संगठन गठन भएको हो ।






