एटा संवाददाता
लण्डन । लमजुङ समाज युके आमा समूहको गत शनिबार २३ मार्चका दिन सम्पन्न नवौं वार्षिक साधारणसभा तथा चौथौं अधिवेशनले लक्ष्मी गुरुङको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । सो नयाँ कार्यसमितिमा माला घले वरिष्ठ उपाध्यक्ष, चिजा गुरुङ उपाध्यक्ष, तारा गुरुङ सचिव, मनिता गुरुङ सहसचिव, लक्ष्मी गुरुङ कोषाध्यक्ष र शान्त गुरुङ सहकोषाध्यक्षमा चयन भएकी छन् ।
त्यस्तै, धना गुरुङ, शान्त गुरुङ (विन्चेस्टर), दुर्गा गुरुङ, रुपा गुरुङ, पार्वती गुरुङ, इन्दु गुरुङ, मोनिका गुरुङ, गुना गुरुङ, लक्ष्मी गुरुङ (वेलिङ्गफोर्ड), जमुना गुरुङ, कुमाया गुरुङ, सुकदेवी गुरुङ, अरुणा गुरुङ, आशकुमारी गुरुङ, अगम गुरुङ र बिजया गुरुङलाई सदस्यमा चयन भएकी छन् । र, इन्द्र गुरुङ, डम्बर कुमारी गुरुङ, शुसिला गुरुङ, जुना गुरुङ र मिना गुरुङलाई सल्लाहकारमा चयन गरेको छ । सो अवसरमा नवनिर्वाचित अध्यक्ष गुरुङले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिँदै नयाँ साथीहरुलाई कार्यसमितिमा स्वागत गरिन् ।
अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा आयोजित सो कार्यक्रमको पहिलो चरण अर्थात साधारणसभालाई संस्थापक अध्यक्ष इन्द्र गुरुङ र अध्यक्ष जुना गुरुङले दीप प्रज्ज्वलन गरी उद्घाटन गरेकी थिइन् । युकेका विभिन्न स्थानबाट आएका लमजुङे दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा समूहकी संस्थापक अध्यक्ष तथा सल्लाहकार इन्द्र गुरुङ, भूतपूर्व कोषाध्यक्ष तथा सल्लाहकार सुशिला गुरुङ, सल्लाहकार डमर कुमारी गुरुङ र वरिष्ठ उपाध्यक्ष लक्ष्मी गुरुङले मन्तव्य राखेकी थिइन् । सो साधारणसभामा विभिन्न विषयमा व्यापक रुपमा छलफल गरिएको थियो । सभाले यस वर्ष लमजुङको प्यारजुङ गाउँको कोइबा घरलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै, समूहकी सचिव चिजा गुरुङले कार्यसमिति र कोषाध्यक्ष लक्ष्मी गुरुङ्गले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । त्यस्तै, कार्यक्रमको अन्त्यमा समूहकी अध्यक्ष जुना गुरुङले सबैलाई धन्यवाद दिँदै मौजुदा कार्यसमितिको कार्यकाल सकिएको घोषणा गरिन् । आमा समूहकी अध्यक्ष जुना गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष माला घलेले स्वागत मन्तब्य दिएकी थिइन् भने सचिव चिजा गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।






