एटा संवाददाता
लण्डन । टुडेज वमन मिसेस नेपाल युके–२०१८ समूहले विविध कार्यक्रमका साथ १०९औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् । गत २३ मार्च २०१९ का दिन ह्यारो फुटबल क्लवमा मिसेस नेपाल युके समूहकी संस्थापक मनिषा डंगोल श्रेष्ठको अध्यक्षता र एनआरएनए युकेकी उपाध्यक्ष पुनम गुरुङको प्रमुख आतिथ्यमा मनाइएको हो ।
नेपाली समुदाय बेलायतका सक्रिय महिला अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएका महिलाहरुलाई सम्मान गरिएको थियो । सो समूहले यस बर्षदेखि दुईवटा टाइटलमा पुरस्कारको शुरुवात गरेका छन् । कार्यक्रममा माया दिदीज रेष्टुटुरेण्टकी प्रोपाइटर शैलजा आचार्यलाई यस बर्षको ‘टुडेज् वमन दि इन्टरप्रानर अफ दि ईयर २०१९’ बाट सम्मान गरिएको थियो । त्यस्तै, सबु सेन्चुरीलाई ‘टुडेज वमन अफ दि इयर–२०१९’ लाई सम्मान गरिएको थियो ।
मिसेस युके नेपाल–२०१८ बिजेता बिनु लामिछाने र व्युटी फर चेन्ज सुनिता श्रेष्ठले कार्यक्रम संयोजकको भूमिका खेलेकी थिइन् । कार्यक्रममा मिसेस नेपाल युके–२०१८ को समूहले प्रस्तत् गरेको विभिन्न नाटक, नृत्य र नयाँ प्रस्तुतीले भरपूर मनोरञ्जन दिएका थिए ।
त्यस्तै, कार्यक्रममा एनआरएनए आईसीसी सदस्य शान्ति थापा कुँवर, गायिका सितु खरेल, समाजसेवी रोजिना प्रधान राई, सिम्मी पुन र माया गुरुङलाई समेत सम्मान गरिएको थियो ।






