शिव कल्चरल कम्यूनिटी सेन्टरले होली मनायो

SHARE:

एटा संवाददाता
लण्डन । शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टरले गत शुक्रबार २२ मार्चका दिन स्थानीयवासी र सदस्यहरुबीच एक आपसमा रंग आदानप्रदान गरी शुभकामना व्यक्त गर्दै भब्य रुपमा मनाएको छ ।

कार्यक्रमको शुरुवातमा सहभागी सदस्यहरु जम्मा हुने क्रममा शिव कल्चरल कम्यूनिटी सेन्टर, अल्डरसटमा आप्mनो नयाँ भवनमा यथास्थितिमा भएको सुविधा प्रयोग गरी आउने दिनहरुमा रिफर्नीस कार्य शुरु हुन गइरहेको र त्यसमा मद्दत गरिदिनहुन सबैलाई अनुरोध गर्दै अध्यक्ष रोहित गुरुङले धुपबत्ती बालेर देवीमाताको आराधना गर्दै बसन्त ऋतुको आगमनको बधाई सबैलाई दिए ।

प्रारम्भमा शिव कल्चरल कम्यूनिटी सेन्टरका संरक्षक डा.विनोद कुमार, महासचिव बिक्रम भट्टराई, सिनियर फोटोग्राफर मिलन तमु, जिआरएनसी महासचिव मान गुरुङ, फार्नबोरो साई कमिटिका मान्यजन के.बि.गुरुङ आदिलाई टिका लगाएर कार्यक्रम शुरु गरे । स्थानीय ब्राक्नेल, फ्लीट, गिल्फोर्ड, अल्डरसट एवं फार्नबोरोका भक्तजनहरु जम्मा भएर उल्लासका साथ मनाएका थिए ।

कार्यक्रम ३ घण्टासम्म रंग खेलेर प्रसाद ग्रहण गरी कार्यक्रम समापन गरिएको थियो । सो अवसरमा बिशेष उपस्थिति रहेका राम ढकाल र उनका साथीहरुले सौजन्य स्वरुप मन्दिरको छानो सफा तथा मर्मत गरिदिएको कम्युनिटी सेन्टरका अध्यक्ष गुरुङले जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!