अल्डरसटमा तेस्रो पटक इम्पावरमेन्ट इभेन्ट

SHARE:

एटा संवाददाता
अल्डरसट । कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्नका लागि मानिसको मस्तिष्क, शरीर र आत्माको महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यसका लागि मानिस हरेक कुरा सशक्त हुन जरुरी छ र मानिसलाई सशक्त बनाउन ज्ञानले महत्वपूर्ण भूमिका खेल्दछ । इम्पावर के हो ? र, यसको महत्व र आवश्यकताबारे एकअर्कामा अनुभवहरु आदानप्रदान गर्ने उद्देश्य साथगत ३ महिनादेखि प्रत्येक महिना आयोजना गरिँदै आएको इम्पावरमेन्ट ईभेन्टको तेश्रो श्रृखंला आउँदो बिहिबार ११ अप्रिल साँझ अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरिने भएको छ ।

माउसटेल वेभ सर्भिसेस् र गोर्खा इन्फरमेशन म्यानेजमेन्ट लिमिटेडले संयुक्त रुपमा आयोजना गर्न लागेको कार्यक्रममा फाइनान्सिल प्लानिङ्ग सलुसनबारे फाइनन्सीलय एडभाईजर थमसले पावर पोइन्ट प्रिजेन्टेशन दिनेछन् । उनले इन्भेष्टमेन्ट र पेन्सन सम्बन्धि विस्तृत जानकारी दिने भएका छन् । त्यस्तै, कार्यक्रममा विपशना ध्यान, मनोक्रान्ति योगा, थाइची लगायतको बिषयमा अनुभव आदानप्रदान गरिनेछ । सो ईभेन्टमा सहभागी भई एकअर्कामा अनुभवहरु आदानप्रदान गर्न आयोजकले अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!