मगर संघ युकेको अध्यक्षमा सुनिल र अनिताको उम्मेदवारी

SHARE:

एटा संवाददाता
लण्डन । मगर संघ युकेको छैटौं कार्यसमितिको अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष अनिता राना र सल्लाहकार ले.रि. सुनिल रानाको उम्मेदवारी परेको छ । आउने ६ अप्रिलका दिन सम्पन्न हुन लागेको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । सो नयाँ कार्यसमिति चयनका लागि गठित निर्वाचन समितिले गत शनिबार २३ मार्चसम्म इच्छुक उम्मेदवारहरुको आवेदन माग गरेको थियो । सोही अनुरुप अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको हो ।
त्यस्तै, उपाध्यक्षका लागि वर्तमान महासचिव लाल पुन, कोषाध्यक्ष नेत्र आले र गुल्मेली समाज युकेका अध्यक्ष समेत रहेका राम गलामीको दरखास्त परेको छ । विधान अनुसार उपाध्यक्ष दुईजना मात्र रहने व्यवस्था छ । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष सीता पुनको मात्र आवेदन परेको छ भने महिला उपाध्यक्षमा छविमाया पुन, कोषाध्यक्षमा होम रोका, सचिवमा सरला राना र सदस्यहरुमा गजबिर थापा, डण्ड थापा, रमेश दुरा मगर, निर्मला थापा, किशोर राना, मोहनबहादुर थापा र शिव बहादुर थापाको आवेदन प्राप्त भएको छ ।

१२ जना सदस्यको पद रहेकोमा ७ जनाको मात्र आवदेन पेको र्न गएको छ भने सहकोषाध्यक्षमा दरखास्त परेको छैन । अध्यक्ष र उपाध्यक्ष पदका लागि तोकिएको संख्या भन्दा बढी आवेदन परेको हुनाले ती दुई पदमा भने निर्वाचन हुने छ ।
तर, पाँचौं कार्यसमितिका लागि वर्तमान अध्यक्ष नेम थापा र हिमाली रानाबीच प्रतिस्पर्धा भएको थियो । केहि मगर अगुवाका अनुसार यसपटक निर्वाचन नगराई सहमतिमा लैजाने प्रयास भएतापनि सम्भावना भने कमै देखिन्छ ।

अल्डरसटको अल्डरउड सिनियर स्कुल (पहिलाको कनट स्कुल) सम्पन्न हुन लागेको सो अधिवेशन सत्र सँगसँगै बिहान ११ बजेबाट साँझ ८ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । बेलायतमा रहने मगरहरुको कामकाजलाई ध्यानमा राखी सो निर्वाचन तालिका बनाइएको निर्वाचन समितिका एकजना सदस्यको भनाई छ । सो निर्वाचन सम्पन्न गर्नका लागि यसअघिनै मगर संघ युकेले बिजय थापाको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।
सो समितिको उपसंयोजकमा पूर्व ले. कर्णेल याम राना, सदस्य सचिवमा नरेश खपाङ्गी, प्रवक्तामा रमेश सराङ्गकोटी, कोषाध्यक्षमा लिलामान शेरपुञ्जा र सदस्यहरुमा देवीआले र ओम थापा रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!