एटा संवाददाता
लन्डन । नेपाली सांगीतिक क्षेत्रका दुई नक्षत्र गायक राजनराज शिवाकोटी र गायिका मिलन नेवारले रेडिङ्गस्थित वायर हाउसमा आउने आइतबार ७ अप्रिलका साँझ मिरा सांगीतिक साँझमा आप्mनो प्रस्तुति दिने भएका छन् ।
शिवकोटीले ‘कुटुमा कुटु..’, ‘सुर्के थैली…’, ‘पूर्व–पश्चिम रेल…’ र ‘गोजीमा दाम छैन..’ जस्ता अत्यन्त चर्चित गीत गाइसकेका छन् भने मिलन नेवारले ‘गाला रातै….’, ‘बट स्वोली…’, ‘जहिलेसम्म संसारमा…’ र ‘सिरीमा सिरी…’ लगायत चर्चित गीत दर्शक तथा श्रोताबीच पस्किसकेकी छन् ।
उनीहरुले यसअघि गत शनिबार अल्डरसटस्थित दि प्यालेस रेस्टुरेन्टमा सांगीतिक प्रस्तुति दिइसकेका छन् भने बेलायतका विभिन्न सहरहरुमा पनि दिने छन् । नयाँ वर्ष २०७६ सालको शुभअवसरमा बिबिएम वल्र्ड टिभी र मिलन च्यारिटी फाउन्डेशनको संयुक्त आयोजनामा सम्पन्न हुने कार्यक्रममा उपस्थित भई भरपूर मनोरञ्जन लिन बिबिएम वल्र्ड टिभीका विशन गुरुङले अनुरोध गरेका छन् ।
प्रतिव्यक्ति १० पाउन्ड प्रवेश शुल्क तोकिएको सो साँझबाट संकलित रकम सुनसरीको शहीद स्मृति आवासीय विद्यालयका बालबालिकाको अध्ययनका लागि खर्च गर्ने आयोजक गुरुङले जनाए ।






