एटा संवाददाता
लन्डन । दि लेडिज कमिटी यूएचएसबी शाखा (मगर संघ यूके) को अध्यक्षमा भिमा ढेंगा निर्विरोध निर्वाचित भएकी छन् ।
गत ३१ मार्च आइतबारका दिन दि प्योलस रेस्टुरेन्ट अल्डरसटमा आयोजित शाखाको पाँचौं अधिवेशनले गुल्मी घर भई बेलायत बस्दै आएकी ढेंगाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सो नयाँ कार्यसमितिको उपाध्यक्ष धना रोका र नानु रोका चयन भए भने सचिवमा आशा थापा, सहसचिवमा शेष पल्ली, कोषाध्यक्षमा पार्वती थापा, सहकोषाध्यक्ष पूmलमाया थापा, कल्चर सेक्रेटरीमा रजिना थापा र एसिस्टेन्टर कल्चर सेक्रेटरीमा गीता पाईजा चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा तोमाया थापा, चित्र राना, मञ्जु राना, जुनु थापा, नेहा राना, सुकमाया आले, शोभा थापा, पूजा थापा, शोभा पुर्जा, भिमा बलाल, विद्या राना र बिना थापा निर्विरोध निर्वाचित भएका छन् । सो अवसरमा मगर महिला संघ यूकेकी अध्यक्ष छविमाया पुनले नयाँ कार्यसमितिलाई बधाइ दिएकी थिइन् ।






