नगेन्द्रराज नेम्वाङ्ग
लण्डन । किरात याक्थुङ्ग यूके स्वीन्डन शाखाको अध्यक्षमा आशा सुब्बा निर्विरोध निर्वाचित भएकी छन् । उनी गत शनिबार ३० मार्चका दिन स्वीन्डनमा सम्पन्न शाखाको पाँचौं अधिवेशनबाट अध्यक्षमा चुनिएकी हुन् । सो नयाँ कार्यसमितिको उपाध्यक्षमा रमेश लिम्बु, कृष्ण लिङ्गदेन र रसिता सुब्बा चयन भए भने सविचमा बिमला वोखिम, कोषाध्यक्षमामा गंगा योङयाङ्ग लिम्बु र सहकोषाध्यक्षमा माया लिम्बु सर्वसम्मत निर्वाचित भएका छन् ।
शाखा अध्यक्ष राजु लिम्बुको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष आशा सुब्बाले स्वागत मन्तव्य दिएकी थिइन् भने सचिव रसिता सुब्बाले कार्यसमितिको प्रतिवेदन र कोषाध्यक्ष बिमला बोखिमले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । कार्यक्रममा शाखा अध्यक्ष राजु लिम्बुले आप्mनो कार्यकालमा सहयोग गरेका कार्यसमितिका पदाधिकारी तथा सदस्य साथीहरुलाई धन्यवाद दिदै कार्यसमिति विगठन गरेका थिए ।
हरिभक्त लिम्बुको अध्यक्षतामा गठन गरिएको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया अघि बढाएका थिए । सो निर्वाचन मण्डलमा मैत लिम्बु, लक्ष्मी चोङबाङ र गोविन्द मादेन रहेका थिए भने रामसिं थेवेले कार्यक्रम सञ्चालन गरेका थिए । किरात याक्थुङ्ग चुम्लुङ्ग स्वीन्डन शाखाको सर्वसहमतिमा नयाँ कार्यसमिति चयन गरिएको हो । र, सो नवनिर्वाचित समितिलाई निर्वाचन मण्डलले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष आशा सुब्बाले ‘कार्यसमिति त एक थपना मात्र हो, तपाईहरुको सहयोगबिना शाखालाई अगाडि बढाउन असंभव’ हुने बताइन् । उनले सबैको सहयोग हुनु पर्नेमा जोड दिँदै आफ्नो कार्यकालमा आपूmले सकेसम्म बल, बुद्धि र क्षमताअनुसार संस्थालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।






