लिम्बू पत्रकार संघ यूकेको अधिवेशन अगस्टमा

SHARE:

आसफोर्ड (बेलायत) । लिम्बु पत्रकार संघ यूकेले आफ्नो पहिलो अधिवेशन अगस्ट महिनामा गर्ने निर्णय गरेको छ ।

आसफोर्डमा बसेको संघको बैठकले समिति पुनः गठन गर्दै अधिवेशन गर्ने निर्णय गरेको हो । यूके संयोजक अमित थेवेको अध्यक्षतामा बसेको बैठकले संघलाई विस्तार गर्दै १७ सदस्यीय समिति पनि बनाएको छ । समिति सदस्यहरूमा विमला सेने, खुसी तावा, विश्वासदीप तिगेला, नगेन्द्र नेम्वाङ, सुरेन्द्र इङ्नाम, विष्णु चोङवाङ, जानुका काम्वाङ लिङ्देन, छत्र वनेम, डम्मर सिङ्गक, सुदीप थोप्रा, लाहाङ चेम्जोङ, महेश वनेम, सिर्जना निङ्लेकू, विमला सिगू लक्सम, कृष्णकुमार हेम्ब्या, मिजास तेम्बे रहेका छन् ।

यसैगरी, संघले यही अप्रिल २२ तारिखका दिन आफ्नो स्थापना दिवस पनि मनाउने निर्णय गरेको छ । यसका लागि सचिवालयले कार्यक्रम तय गर्ने संयोजक थेवेले बताए । संघको स्थापना सन् २०१७ अप्रिल २२ मा भएको थियो । उनले संघले निकट भविष्यमा मिडिया तालिम सञ्चालन, स्मारिका प्रकाशन, वेभसाइट निर्माण गर्ने तयारीसमेत गर्न लागेको जानकारी गराए ।

यस्तै, नेपाल आदिवासी जनजाति महासंघ, यूकेले अगस्ट २५ मा विश्व आदिवासी दिवसका अवसर पारेर आयोजना गर्न लागेको बृहत् सभामा संघले सञ्चार क्षेत्रमा क्रियाशील लिम्बु समुदायका एक व्यक्तित्वलाई निमन्त्रणा गर्ने निर्णय
गरेको छ ।

बैठकमा आदिवासी जनजाति पत्रकार संघ (फोनिज), यूकेका महासचिव खुसी तावा, पूर्वअध्यक्ष विश्वासदीप तिगेला, लिपसं सदस्य सुरेन्द्र इङ्नाम, लाहाङ चेम्जोङ, सिर्जना निङ्लेकू, जितेन्द्र चेम्जोङलगायत उपस्थित थिए । लिम्बू पत्रकार संघ फोनिजको एक महत्वपूर्ण घटकका रूपमा रहेको महासचिव तावाले बैठकमा बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!