एटा संवाददाता
लन्डन । म्याग्दी अर्गनाईजेशन (मोना) यूकेले आयोजना गर्न लागेको नयाँ वर्ष शुभकामना साँझका लागि गायक कुमार पुन, गायिका कुमारी चेपाङ्ग, अनिषा थापा र निकिता थापा लन्डन आउने भएका छन् । गायक कुमार पुन यसअघि मगर संघ यूकेको निमन्त्रणमा बेलायत आइसकेका छन् भने अरु कलाकारहरु भने पहिलोपटक बेलायत आउन लागेका हुन् । प्रत्येक वर्ष मोनाले नेपाली नयाँ वर्षलाई विविध साँस्कृतिक कार्यक्रमका साथ स्वागत गर्दै आएको छ । सोही क्रममा यस वर्षको नयाँ वर्ष २०७६ लाई आगामी अप्रिल २७ का दिन फार्नबोरोमा मनाउन लागिएको हो । सो शुभकामना साँझको तयारी पूरा भइसकेको जानकारी आयोजक म्याग्दी अर्गनाईजेशन (मोना युके) ले जानकारी गराए । ‘आफ्नो गाउँ आफै बनाऔं, हाम्रो म्याग्दी हाम्रो गौरव’ भन्ने नारालाई हृदयगमन गर्दै मोनाले म्याग्दी जिल्लाका सबै गाउँमा ठूलो आर्थिक सहयोग गर्दै आएको छ ।

बेलायती म्याग्देलीहरुले आफ्नो मातृभूमि म्याग्दीलाई कहिल्यै बिसेका छैनन् र बिर्सने पनि छैनन् तर नयाँ नेपालको नयाँ संविधानले ‘एक पटकको नेपाली सदाको नेपाली’ भन्ने मूलमन्त्र बिर्सेर विभेदको नागरिकता नियमावली ल्याउन लागेपछि म्याग्देलीहरु अलि दुःखी देखिन्छन् । हालसम्म मोनाले आफ्नो जन्म स्थानका लागि एम्बुलेन्स, वृद्धाश्रम भवन, दृष्टिविहीन विद्यार्थीका लागि आर्थिक सहयोग, कृषि सडक, विद्युत, राष्ट्रिय आविस्कार केन्द्र लगायतको क्षेत्रमा आर्थिक सहयोग गरिसकेका छन् ।
पहिलोपटक सन् २००३ मा म्याग्दीकै वरिष्ठ गायक खड्का गर्बुजा र मिना गर्बुजालाई निमन्त्रणा गरी मोनाले नेपाली नयाँ बर्ष साँझ मनाइएको थियो । जुन अहिलेसम्म लगातार मनाउँदै आएको छ । स्मरण रहोस्, मोनाले प्रत्येक बर्ष नेपालबाट कलाकारहरु निमन्त्रणा गरी नयाँ बर्ष मनाउँदै आएको छ र गत बर्ष लाली बुढाथोकी र गीता पाईजालाई आमन्त्रण गरी शुभ
कामना साँझ मनाइएको थियो ।






