नैरोबी पुगेर फर्के राजदूत सुवेदी

SHARE:

रोशन मेवाहाङ्ग
लन्डन । केन्याको राजधानी नैरोवीमा आयोजित अन्तर्राष्ट्रिय कफी संगठनको १२४औं संस्करणको सम्मेलनमा नेपाल सरकारका तर्फबाट नेपाली दूतावास लन्डनका राजदूत डा. दुर्गाबहादुर सुवेदी सहभागी भएका छन् ।

केन्याटा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक विशेष समारोहबीच गणतन्त्र केन्याका राष्ट्रपति उहुरु केन्याटाले समुद्घाटन गरेको सम्मेलनमा राजदूत सुवेदीले नेपालको प्रतिनिधित्व गरेका हुन् । पाँच दिवसीय सम्मेलनमा ब्राजिल, केन्या, मेक्सिको, जापान, फ्रान्स, नेपाल, पपुवान्यूगिनी, भारत, भियतनाम र स्वीट्जरल्यान्डलगायत ५१ वटा मुलुकहरुका प्रतिनिधि तथा चीन, जमैका साथै लाओसका पर्यवेक्षकहरुका सहभागी थिए ।

राष्ट्रपति केन्याटाले केन्याको अर्थतन्त्रको एक महत्वपूर्ण आधारशिलाका रुपमा रहेको कफीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नैरोबीमा आयोजना गर्ने अवसरलाई गणतन्त्र केन्याको सरकारले हर्ष र गौरवको अनुभूति गराएको भन्दै कृषि, पूर्वाधार निर्माण, यातायात र व्यापारको विकासमा केन्या सरकारको ध्यानकेन्द्रित रहेको समेत उल्लेख गरेका थिए । उनले भने, ‘सन् १९–८९ देखि आरभ्म भएको केन्याको कफी खेतीलाई उद्योग र व्यापारको एक महत्वपूर्ण अङ्गका रुपमा विकास गर्न हाम्रो सरकार प्रतिबद्ध रहिरहने छ ।’

समारोहलाई सम्बोधन गर्दै केन्याका कृषि तथा सिँचाईमन्त्री म्वाङ्गी किउन्जुरीले केन्याको अर्थतन्त्रमा कफीको महत्वपूर्ण योगदान रहेको र ग्रामीण कृषकहरुको उत्थानमा कफी खेती उत्कृष्ट पेसाको रुपमा रहेको भन्दै प्रशंसा गरे । विभिन्न मुलुकहरुका प्रतिनिधिहरुलाई स्वागत गरिएको शत्रमा नैरोबीका गभर्नर माइक म्बुभीले नैरोबीमा आयोजना भएको अन्तर्राष्ट्रिय कफी सम्मेलनले केन्यामा मात्र नभई समग्र अफ्रिका महादेशको कफी खेती, उद्योग र कफी बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए ।

अन्तर्राष्ट्रिय कफी संगठनका कार्यकारी निर्देशक डा. जोसे सेट्टेले केन्या अन्तर्राष्ट्रिय कफी संगठनको संस्थापक राष्ट्र रहेको र केन्याले अन्तर्राष्ट्रिय कफी परिषद्को दुई पटक अध्यक्षता गरिसकेको जानकारी गराउँदै गत वर्ष लन्डनमा सम्पन्न १२३औं सम्मेलनमा कफीको निरन्तरता घट्दो मूल्यप्रति प्रतिनिधिहरुको गम्भीर चासो र चिन्ता रहेको उल्लेख गर्दै डा. सेट्टेले वर्तमान सम्मेलनले कफी उत्पादक र आयातकर्ता मुलुकहरुसहित सम्बद्ध सरोकारवालाहरुको सौहार्द सम्वादद्वारा कफी उद्योग र व्यापारको दिगो विकासका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास दिलाएका थिए ।

अन्तर्राष्ट्रिय कफी सम्मेलनको पूर्ण बैठकलाई सम्बोधन राख्दै नेपाली प्रतिनिधिमण्डलका नेता तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत एवम् अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालका स्थायी प्रतिनिधि डा.सुवेदीले कफी खेतीको इतिहास मात्र नभई अन्तर्राष्ट्रिय कफी संगठनमा नेपालको संलग्नता अपेक्षाकृत नयाँ रहेको बताउदै सन् २०१७ को मार्चमा पूर्ण सदस्यता प्राप्त गरेको नेपालले दुई वर्षमा अन्तर्राष्ट्रिय कफी संगठनको नेतृत्व तहमा पुग्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!